प्रधानमन्त्रीले मोर्चाका नेताहरुलाई सिंहदरबारमा डाके



बुधबार बिहान सिंहदरबारमा प्रधानमन्त्रीले मधेसी मोर्चाका नेताहरुलाई बैठकाको लागि बोलाउनुभएको छ ।

केहि दिन अघि मधेसी मोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको घोषण गरेको थियो । प्रधानमन्त्रीको आग्रहलाई स्वीकार गर्दै मोर्चाका नेताहरु सिंहदरबारमा जान तयार भएका छन।

यसैगरी मंगलबार बसेको मोर्चाको बैमठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने जिर्णय गरेको थियो र बुधबार दिउँसो बैठक बसेर आन्दोलनका कार्यक्रमहरु तय गर्ने कार्यक्रम रहेको थियो ।

तर प्रधानमन्त्रीले आजै १० बजे बैठकमा बोलाएपछि मोर्चाका नेताहरु त्यता मोडिएका हुन ।

प्रतिक्रिया दिनुहोस्