“बुढाले कुटीकुटी मेरो दिमागै अर्कै भयो”



अशोक सिलवाल

मैले सात मात्र पढें। पढ्न मन नलागेर त्यसपछि छाडिदिएँ। अहिले चाहिं पछुतो लागिरहेछ, नपढेकाले।

पढ् भनेर आमाबाबुले घरमै मास्टर पनि राखिदिएका थिए। पछि दुःख नपाओस् भनेर तर, त्यतिबेला बुद्धि आएन।

त्यतिबेला पढ्ने भनेपछि अल्छी लाग्थ्यो। खान र घुम्नमा मात्र मन लाग्थ्यो। लुकीलुकी फिल्म हेर्ने बानी नै परेको थियो। काठमान्डुका विभिन्न हलमा आएर फिल्म हेथ्र्यौं।

त्यसताका हामीले धेरै फिल्म हे))यौं। तर कुनै पनि याद छैन। बुढाले कुटीकुटी मेरो दिमागै अर्कै भयो। सबै बिर्सिसकें। धेरै टेन्सन भएपछि बिर्सिंदोरहेछ नि।

मलाई मेरो जन्ममिति बारे खासै याद छैन। त्यस बारे विस्तृतमा बुझ्न म स्वयम्ले पनि नागरिकता नै हेर्नुपर्छ।

परिवारमा दुईवटा छोरी छन्। ठूली चौध कक्षा पढ्छिन्। कान्छी आठ कक्षा। पछिल्लो तीन वर्षदेखि श्रीमान् सुधार केन्द्रमा छन्।

मेरो माइती भक्तपुर हो। सातजना दिदीबहिनीमध्येकी म एक हुँ। सात नम्बरवाली। हाम्रो एउटा भाइ छ।

दिदी र मेरो विहे एकैपटक भयो। किनभने एउटै भोजले चल्थ्यो। खर्च पनि कम। मेरो २१ वर्षमा विहे भएको हो।

केटा हेर्दा राम्रो थियो। एक दुई वर्ष राम्रै भयो। सासु र ससुराले पनि एक दुई वर्ष राम्रै व्यवहार गरे। मलाई नुहाउन पानी पनि तताइदिन्थे। बुढोले बैंकमा काम गथ्र्यो। ऊ बैंकको स्थायी जागिरे थियो। ऊ त्यहाँ सुन जाँच्ने काम गथ्र्यो।
विहे गरेको ६ महिनामा ठूली छोरी पेटमा आई।

ठूली छोरी पाइसकेपछि ऊ रक्सी खाएर घर आउन थाल्यो। मलाई कुट्न थाल्यो। विहेअघि पनि ऊ रक्सी खान्थ्यो रे। तर, विहे गरेपछि उनीहरु (परिवार)ले रोकेका रहेछन्। ुविहे गरेपछि पनि तिमीले रक्सी खायौ भने तिम्रो बुढी भाग्छ हैु भनेका रहेछन् उनीहरुले। ुत्यसैले रक्सी नखाऊ, श्रीमतीलाई नकुटु भनेर उसलाई सम्झाएर, बुझाएर विहे गरिदिएका रहेछन्। विहे गरेपछि उसको मानसिक अवस्था ठिक हुन्छ भनेर विहे गरिदिएका रे।

जागिरमा ऊ ठिक थियो। तर, मलाई देख्नै नहुने। खासमा उसलाई अर्की केटीले मोहनी लगाएकी रहिछ। विहेअघि उसको अर्कै केटीसँग प्रेम रहेछ। तर, त्यो केटीले उसको आनीबानी र व्यहोरा थाहा पाएपछि धोका दिएकाले ऊ विक्षिप्त भएको रहेछ। त्यसपछि उसको मानसिक अवस्था गड्बड् हुन थालेको रहेछ।

कुट्ने र भुत्ल्याउने मात्र होइन, तँ मेरो अगाडि नबस्, मलाई तेरो अनुहार हेर्न मन लाग्दैनु भन्ने गर्न थाल्यो। यो क्रम वर्षौं चल्यो। र, त्यसको मात्रा झन्झन् बढिरहेको थियो। छोरी ६ वर्षकी भई। मैले पनि किराना पसल शुरु गरें।

झगडा र मारपिट बढी भएपछि बढी नै बेइज्जत भयो भनेर हामीलाई सासुससुराले निकाली दिए। छोरीलाई काखमा लिएर म निस्कें।

लोग्ने पनि मसँगै थियो तर म सहनै नसक्ने भएँ। त्यसपछि त उसले मलाई तातोपानी पनि खन्याइदिन थाल्यो।

छरछिमेकीले उसको अन्यायको सामान्य विरोध गर्दा उसको थेगो हुने गथ्र्यो, ुमैले मेरी स्वास्नी कुटे पनि मारे पनि तिमीहरुलाई के मतलब ?ु

उसको राक्षसी शासन अझ भयंकर हुँदै थियो। ऊ मलाई रातभर सुत्न दिन्थेन। त्यसैले म धानबारीमा सुत्थें। ऊ त्यहीँ आउँथ्यो, झम्टँदै।

रक्सी खाँदा मात्र होइन, नखाँदा पनि ऊ उस्तै भइसकेको थियो। हिंस्रक।
मलाई कुट्ने उसको बानी भइसकेको थियो। तर, आँशु आए पनि मान्छेको अगाडि म त्यो देखाउँथिनँ।

किराना पसलमा ग्राहकहरु आइरहन्थे। मान्छेको अगाडि चाहिं उसले मलाई कुट्थेन। त्यसैले म मान्छे आएको बेला मात्र पसलभित्र छिर्थें, नत्र पसलअगाडि खुल्ला सडकमै बस्थें। मान्छेको अगाडि ऊ निकै भलाद्मी। मान्छे गएपछि भने बुंगकाबुंग भकुर्न थालिहाल्थ्यो। उसका अगाडि मेरो मुटु बढी नै ढुकढुक गथ्र्यो। म कामिरहन्थें। ऊ अफिसबाट आउनुअघिसम्म भने म चैनले सास फर्थें।

तर, उसको राम्रो पक्ष के भने कुटाइ मात्र होइन, खाना पनि खुवाउँथ्यो।
उसले जे ले भेट्यो, त्यसैले झटारो हान्न थालेको थियो। मलाई उसले पिटेको देख्दा छोरीहरु पनि काम्थे। उनीहरुको बाल्यकाल पूरै डरमा बित्यो।
धेरैपछि छिमेकीहरु पनि उसका विरुद्ध कडा रूपमा प्रस्तुत भए।

एउटा अचम्मको दिन आयो। टोलका महिला मिलेर उसलाई बिजुलीको खम्बामा बानिदिए।

त्यो दिन मैले धेरै वर्षदेखिको रिस पोखें। घन्टौंसम्म उसलाई पिट्नुपिटें। तर, पनि मलाई पुगेको थिएन।

कान्छी छोरी पनि जन्मिई।

एक दिन छिमेकीहरुको सहयोगमा उसलाई सुधार केन्द्रमा लगेर बुझाइदियौं। शुरुमा महिनाको पन्ध्र हजार र केही वर्षपछि मासिक ६ हजार रुपियाँ बुझाउने गरेको छु।

तर, त्यसअघि नै म घरभन्दा अलि पर छुट्टिएर बसें, कोठा लिएर। एक मिनेटको दूरीमा रहेको उसको घरको बाटोमा हिंड्दा पनि ऊ झटारोले हान्थ्यो। म त्यसरी आठ वर्ष बाहिर बसें।

तर, त्यसबीचमा सासुससुराले मलाई पोइल जा भनें। मैले महिनाको एक बोरा चामल मागें। तर, त्यो पनि दिएनन्।

बुढो आठ वर्ष एक्लै बस्यो। त्यसबीचमा उसले जागिर पनि छोडिसकेको थियो। उसले छिमेकीलाई पनि डिस्टर्ब ग))यो। उसका कोही साथी थिएनन्। परिवार थिएन्। तर, मलाई माया लाग्थ्यो उसको। अहिले पनि लाग्छ। तर, के गर्नु ?
त्यसबीचमा मलाई वरपरका कसैले पनि नराम्रो दृष्टिले हेरेनन्। आफू राम्रो त सबै राम्रो।

उसको रोग भनेको म नै थिएँ। ऊ घरको बाघ र वनको स्याल थियो। म चर्च जान थालेको दश वर्ष भयो। छोरीहरु पनि चर्च जान्छन्।

ठूली छोरी अहिले बीस वर्षकी भइन्। उनी पढाइसँगै काम पनि गर्छिन्। सानी छोरी ११ वर्षकी भइन्। उनी स्कुल जान्छिन्।

धेरै दुःख भयो। पानीले पोलेको शरीरभरि डाम छ। टाउकोमा टाँका छ। दाँत नक्कली छ। तर, मैले सहें। केटी मान्छे भनेको धर्ती हो। हो रहेछ, नत्र मैले कसरी सहें त ?

उसलाई सुधार गृह पठाएपछि म घर फर्कें, छोरीहरुसहित। घर सफा गर्न मलाई एक महिना लाग्यो।

सुधारगृहमा ऊ पनि निकै ठिक छ रे। त्यहाँ उसमा कुनै समस्या नै छैन रे। ऊ त्यहाँ मोटाएको पनि छ रे। ऊ राम्रो भएर फक्र्यो भने म उसलाई उसले जे भन्यो, त्यही खुवाउँथे। अण्डा उसिनेर खुवाउँथे। रक्सी पनि खुवाउँथे। तर, मलाई अहिले पनि ऊ सम्झिँदा मात्र पनि डर लाग्छ।

(नोटः यो कथाको पृष्ठभूमिमा म नेपाली नारीको आर्थिक र समाजिक विकासमा सतत् कृयाशील नारी चेतना केन्द्रलाई धन्यवाद दिन्छु, जसले मलाई बेलाबेला गाउँगाउँमा गएर महिलाहरुको कथा सुन्न निमन्त्रणा दिने गर्छ। यी र यस्ता अनेक कथासँग केन्द्रले मलाई पटक(पटक साक्षात्कार गराएको छ। त्यसक्रममा मैले गाउँका अनेक महिलाका आँशुमात्र होइन, उनीहरु आँशुबाट उठेर कसरी मुस्कानसम्म आइपुगेका छन् भन्ने पनि देखेको छु। ती बेस्सरी सुन्दर छन्।)

प्रतिक्रिया दिनुहोस्