जी अवार्डमा अमिताभ र आलिया सर्वश्रेष्ठ सुल्तान र दंगल दुवैलाई पुरस्कार



मुम्बईमा सम्पन्न बलिउडकै प्रतिष्ठितमध्येको एक जी सिने अवार्ड २०१७ मा अमितभ बच्चनले फिल्म पीकंबाट सर्वश्रेष्ठ अभिनेता र उड्ता पंजाबबाट आलिया भट्टले अभिनेत्रीको अवार्ड चुमेका छन्। पिंकमा अमिताभ एक वकिलको भूमिकामा थिए भने उड्ता पञ्जावमा आलिया बिहारबाट पञ्जाबमा बसाई सरेकी युवतीको भूमिकामा थिइन्।


अभिनेता र अभिनेत्रीको अवार्ड भिन्दाभिन्दै फिल्मले उचालेको जी सिने अवार्डमा सलमान र आमिर खानको उस्तै प्रकारको फिल्म सुल्तान र दंगल सर्वश्रेष्ठ फिल्म घोषित भएका छन्। सुल्तानले सर्वश्रेष्ठ फिल्मको अवार्ड चुमेको छ भने दंगलले भिवर्स च्वाइस अवार्डलाई आ))नो बनाएको छ। पिंकलाई भने जुरी अवार्डबाट पुरस्कृत गरिएको छ। यो फिल्मले संवादको अवार्डसमेत उचालेको छ भने फिल्मबाट अनुराधा राय चौधरीले उत्कृष्ट नव निर्देशकको अवार्ड चुमेकी छिन्। रेस्लिङ ड्रामा सुल्तानबाट सलमान खानलाई भिवर्स च्वाइस अवार्ड दिइएको छ भने यो विधाको अवार्ड नायिकातर्पm अनुष्का शर्माले चुमेकी छिन्। सुल्तानले कुल ५ अवार्ड चुमेको छ।

त्यस्तै सह अभिनेत्रीको अवार्ड सबना अजमीले फिल्म निर्जाबाट जितीन् भने यही फिल्मले उत्कृष्ट प्रोडक्सन डिजाइन र उत्कृष्ट सम्पादनको अवार्ड पनि हात पारेको छ। नेहा भासिनले पाश्र्व गायिकाको अवार्ड पाइन् भने इर्साद कमीलले उत्कृष्ट गीतकारको अवार्ड चुमे।

समारोहमा करण जौहरद्वारा निर्देशित ऐ दिल हे मुस्किलले संगीतकार, पाशर््व गायकको अवार्ड पाएको छ। फिल्म भेन्चरले द्वन्द्व, भिजुअल इफेक्ट र छायांकन गरी तीन अवार्ड हात पारेको छ।

त्यस्तै फिल्म कपुर एन्ड सन्सले हास्य अभिनेता र उत्कृष्ट सहअभिनेता अवार्ड पाएको छ। यी दुबै अवार्ड ऋषि कपुरले चुमे। फिल्म बार बार देखोले उत्कृष्ट कोरीयोग्राफी, जिम सर्भ डेब्यु अभिनेता र खलनायक तथा ऋतिका सिंहले डेब्यु अभिनेत्रीको अवार्ड हात पारेकी छिन्।

कार्यक्रममा करीना कपुर खानले बलिउडका ४ खान सलमान खान, शाहरुख खान, अमिर खान र सेफ अलि खानलाई समर्पित गर्दै मनोरञ्जक प्रस्तुति प्रस्तुत गरेकी थिइन् भने आलिया भट्ट, वरुण धवन र सनि लियोनले थप मनोरन्जनात्मक प्रस्तुति दिएर दर्शकहरुलाई झुमाएको भारतीय सञ्चार माध्यमले जनाएको छ। कार्यक्रमलाई मनिस पाल र भारतीले सञ्चालन गरेका थिए।

प्रतिक्रिया दिनुहोस्