कर्मचारी युनियनको अध्यक्षमा धौभडेल



पुष्कर बुढाथोकी,भक्तपुर ।

नेपाल निजामति कर्मचारी युनियन (संघ) जिल्ला कार्य समिति भक्तपुरको सातौं जिल्ला अधिवेशनले बिजयप्रसाद धौभडेललाई सर्वसम्मतिले अध्यक्षमा चयन गरेको छ ।

समितिको उपाध्यक्षमा टेकेन्द्र प्रसाद ढकाल , महिला उपाध्यक्षमा मुना कोईराला र समाबेशी उपाध्यक्षमा राधेश्याम कर्माचार्य छानिएका छन् ।

मंगलबार सम्पन्न अधिवेशनले सचिबमा सुर्य पौडेल,सहसचिबमा जगदिश थापा,कोषाध्यक्षमा नेत्रबहादुर कटुवाल र सदस्यमा बिष्णुप्रसाद हुमागाईं,धनन्जय अर्याल,अशोककुमार पन्त ,नातिभाई नायजु ,केदार गिरी,बटु खड्का,कविता भण्डारी र संझना न्यौपानेलाई चयन गरेको छ ।

यसैगरी समितिको केन्द्रीय सभासद्मा पार्वती आले,युगल किशोर न्यौपाने ,यादब प्रसाद मिश्र,र श्रीराम लम्साल छानिएका छन् ।कार्यसमितिका थप २ जना सदस्य पछि मनोनयन गर्ने नवनिर्वाचित अध्यक्ष धौभडेलले बताउनुभयो ।

यस अघि जिल्ला अधिबेशनको उद्घाटन नेपाली कांग्रेसका नेता कमला पन्तले गर्नुभएको थियो ।उहाँले स्थानीय निर्वाचन तोकिएकै मितिमा हुने बताउँदै स्थानीय निर्वाचनलाई सफल पार्न सबै लाग्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेस भक्तपुरका जिल्ला सभापति दुर्लभ थापा,नेता गणेशमान चक्रधर, युनियनका महासचिब जितबहादुर भडै,केन्द्रीय सदस्य शान्ता अर्याल, युनियन (संघ)का निबर्तमान जिल्ला अध्यक्ष श्रीराम लम्साल लगायतले चुनाबको बेला संगठनमा आबद्व सबै एकजुट भएर सक्षम ,सबल र सकृय नेतृत्व छनौट गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्