रोकिदै जमिन कटान, तटबन्धले बढायो सुरक्षा



शुक्रबार सहारे ४ स्थित बाँखोली खोला तटबन्ध निर्माणको अनुगमन गर्दे सुन्दर नेपाल संस्थाका अध्यक्ष हेमप्रकाश भुषाल र अन्य सरोकारवालाहरु ।

शेरबहादुर थापा, सुर्खेत ।

५१ घरधुरी, २२५ जनसंख्या ! कुलो मात्रै भएको ठाँउमा हेर्दा हेर्दै खोला बन्यो । एकातिर पुरानै खोला अनि अर्कातीर नयाँ बनेको त्यो खोला ! दुबै खोलाको मुख्य उदेश्य नै ती सबै घरधुरीलाई निल्ने जस्तै देखियो ।

आखिर विपत्ति न हो बाजा बजाएर आउदैन क्यारे…ठिक त्यस्तैगरि २०७१ सालमा सुर्खेतको साहारेमा आएको बाढीले सहारे ४ निवासीका लागि समेत भयानक भूस्खलनको नासो लिएर आयो । थुप्रै जमिन कटान भयो, कुलो पनि खोला बन्यो ।

दशौं फिट गहिरो कटान गर्दै दुइ घरलाई संकटमा पार्यो । फलस्वरुप उक्त गाँउका बासीन्दा जुर्मुराए । अनि विभिन्न संस्थाहरुसँग तटबन्ध निर्माणका लागि सहयोग माग गरे । सोही क्रममा सुन्दर नेपाल संस्थाको अनुकुलन परियोजनाले १ लाख ६५ हजार सहयोग गर्यो  ।

जिल्ला भूसंरक्षण कार्यालय सुर्खेतले १ लाख १७ हजार बराबरका ३० ओटा जाली सहयोग गर्यो , २४ हजारको जनश्रमदान र १० हजार व्यक्तिगत सहयोग गरि कुल ३ लाख १७ हजारमा ३ तहको २ ठाँउमा तटबन्ध निर्माण गरियो । गत वर्षको वर्षा भेलले डेढ फुट बढि माटोले तटबन्ध भयो ।

यो कथा होइन वास्तविकता हो पुर्वि सुर्खेतको सहारे वडा नं. ४ को । त्यहाँ बाँउखोली खोलाले हिंश्रक रुप लिन थालेको थियो । वडा नं. १,२,३ का जनताका लागि नजिकको बजार बोटेचौर आउन, विद्यार्थीहरुलाई ८ कक्षा भन्दा माथिल्लो कक्षामा अध्ययन गर्न आउने जाने बाटो नै बाढीले बगाउँदा समस्या सिर्जना भएको थियो । उक्त समस्याबाट सहारेका जनताले केहि हदसम्म निजात पाएका छन ।

जिल्ला भूसंरक्षण कार्यालय, र युकेएडको आर्थिक सहयोगमा सम्पन्न भएको उक्त तटबन्ध निर्माणले खोलाको नजिकै रहेका ५१ घरधुरी बच्नुका साथै सिंगो गाउँको खतरा समेत टरेको स्थानीय सहारे ४ का गणेश खडका बताउँछन । उनका अनुसार २०७१ सालको बाढीले तहस नहस बनाएर डरलाग्दो अवस्थामा पुगेको उक्त ठाँउमा अहिले काठे पुल बनाएर आवत जावत गर्न सकिने भएको छ ।

यस्तै सोही ठाँउमा बस्ने दिलसरी खत्रीले भने अहिले काठको पूल भएको ठाँउ भन्दा तलतीर जाली बढाउनु पर्ने माग आफूले राखेपनि उपभोक्ता समितिले नसुनेको आरोप लगाइन ।

आफूले ५ हजार सहयोग गरेको र तटबन्ध नबनाएको भए आफ्नो घर जाने खतरा पक्का पक्की भएको बताउँन्दे तटबन्ध निर्माणले ठुलो राहत दिएको युगआव्हान दैनिकलाई जानकारी दिइन । अब तटबन्धको उचाँइ थप गनुपर्ने र त्यसले सिंगो गाँउलाई नै फाइदा पुग्ने उनको भनाई थियो । उनले तटबन्धका कारण १५ विगाहा भन्दा बढी जमिन जोगिएको भन्दै योजना समयमै निर्माण हुन सकेकोमा खुशी ब्यक्त गरिन ।

यता तटबन्ध निर्माण गर्न बनाइएको बाँउखोली खोला नियन्त्रण तटबन्ध उपभोक्ता समितिका अध्यक्ष मानबहादुर विकले कामहरु स्टिमेट अनुरुप भएको भन्दै गाँउको विपत्तिमा साथ दिने अनुकुलन परियोजना, सुन्दर नेपाल संसथा र भूसंरक्षण कार्यालय सुर्खेतलाई धन्यवाद दिए । उनका अनुसार २४ घनमिटर माटो खनिएको छ भने २ मिटर लम्वाइ, १ मिटर चौडाइ र १ मिटर उचाई भएका ३० ओटा जाली दुइ स्थानमा भर्ने कार्य सम्पन्न भएको हो ।

यता अनुकुलन परियोजनाका अधिकृत नृपेश कुवँरले आया्ेजनालाई समयमै सम्पन्न गर्न सफल भएकोमा समितिलाई बधाइ दिए । काम सन्तोषजनक भएको भन्दै आगामी दिनमा पनि सहयोग गर्न सकिने विचार उनको थियो ।

यता सहारे गाँविस सचिव कृष्ण बहादुर पन्तले माटो कटान भइरहेको ठाँउमा बृक्षारोपण गरिएको र त्यसले पनि केहि हदसम्म माटो कटानी रोकेको जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्