नेपाल बेलायत दौत्य सम्बन्ध २०० बर्ष पुरा



बाचस्पती रेग्मी, लण्डन

लण्डन स्थीत नेपाली दूतावासले नेपाल ब्रिटेन दौत्य संम्बन्ध कायम भएको दुई सय वर्ष पुरा भएको अवसरमा आज मार्च १४ तारिखदेखि एक सातासम्म विभिन्न कार्यक्रमहरु आयोजना गर्न लागिरहेको छ।

दूतावासका अनुसार मार्च १४ तारिख उदघाटनका अवसरमा बीबीध साँस्कृतिक कार्यक्रम तथा प्रर्यटन प्रबर्धनलाई सहयोग पुग्ने खालका फोटो प्रदर्शनी गरिने जनाईएकोछ। त्यस्तै मार्च १५ तारिखका दिन युरोपेली पर्यटकहरुलाई लक्षित गरिएको “भिजिट नेपाल युरोप २०१७” को घोषणाका साथै चित्रकला एवम् फोटो प्रदर्शनी गरिनेछ।

बिहीबार मार्च १६ तारिखका दिन आयोजना गरिने अन्तरकृया कार्यक्रमको अध्यक्षता संयुक्त अधीराज्यका लागि नेपाली राजदूत डा। दुर्गाबहादुर सुबेदीले गर्नुहुने र सन्चालन अक्सफोर्ड विश्वविद्यालयका प्राध्यापक डा। डेविड गेलनरले गर्नुहुनेछ।
सो अन्तर्कृयामा प्रा। डा। सूर्य सुवेदी, डा। कृष्ण अधिकारी, डा। मारा मालागोडी तथा ब्रिटिश सेनाबाट सेवानिवृत्त लेफ्टिनेन्ट कर्नेल जेरी बर्च समेतले नेपाल र संयुक्त अधीराज्य बीचका संम्बन्धहरुका बारेमा कार्यपत्रहरु प्रस्तुत गर्नुहुनेछ।
त्यस्तै स्टेफेन किङले ‘रिटर्न टु लाङटाङ’ नामक वृत्तचित्र प्रदर्शन गर्नेछन्। उक्त अन्तरकृया नेपाल पत्रकार महासंघ युके शाखा तथा ब्रिटेन नेपाल एकेडेमिक काउन्सिलसँगको सहकार्यमा गर्न लागिएको पनि दूतावासले जनाएको छ।

त्यस्तै मार्च १७ मा साहित्य महोत्सव तथा पुस्तक प्रदर्शनी, शनिबार मार्च १८ तारिख दूतावास भीत्र दिउँसो १२ बजेदेखि ५ बजेसम्म फुड फेस्टीबल तथा सँगीत महोत्सव आयोजना गरिने र सो कार्यक्रम बेलायत बसोबास गरेका सबै नेपालीहरु तथा नेपालीका मित्रहरुका लागि पनि खुल्ला रहेको दूतावासले जनाएको छ। मार्च १९ मा व्यापारिक प्रदर्शनी तथा नेपालमा व्यापार तथा लगानीका अवसरहरुबारे अन्तरकृया कार्यक्रम आयोजना गर्न लागिएको छ। मार्च २० तारिखमा सप्ताहव्यापी कार्यक्रमहरुको समापन हुनेछन्।

दुताबासले गर्ने यी सबै कार्यक्रमहरु अपरान्ह ५ बजेपछी आयोजना गरिने र नीमन्त्रणा गरीएका मात्रै सहभागि हुने व्यवस्था गरिएको सप्ताहव्यापी कार्यक्रमहरुमा नेपाल तथा बेलायतका वरिष्ठ अधिकारीहरु सहभागी हुने अपेक्षा पनि दूतावासले गरेको छ। यो २०० बर्षको कुटनैतीक सम्बन्धको सम्पुर्ण कार्यक्रमहरु भब्य रुपमा सफल पार्न दूतावासले बेलायतस्थित सबै संघसंस्था तथा नेपाली समुदायलाई सहयोगको लागी आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्