चैतमा १५औँ संस्करण अन्तर्गतको स्वर्गीय मोक्तान स्मृतिकप फुट्बल प्रतियोगिता हुँदै



इलाम, नेस ।
इलाममा स्वर्गीय संघमाला मोक्तान स्मृतिकप फुट्बल प्रतियोगिता हुने भएको छ । चैत्र २० गतेदेखि हुने उक्त प्रतियोगिता इलामको सूर्योदय नगरपालिका एक आइतबारे स्थित विरेन्द्र माविको प्राङगणमा हुने भएको हो ।

आयोजक संस्था आइतबारे युवा क्लवका अध्यक्ष अशेष राईले पत्रकार भेटघाट कार्यक्रम आयोजना गरी प्रतियोगिता हुने जानकारी दिए । सर्वाधिक पुरस्कार राशी रहेको उक्त प्रतियोगितामा विजेता टिमले एक लाख १ हजार प्राप्त गर्ने क्लबका अध्यक्ष राईले बताए ।

अध्यक्ष राईका अनुसार भारतसहित नेपालका विभिन्न १६ टिमको सहभागिता रहेको र फाईनल वैशाख ३ गते हुनेछ ।विसं २०५८ देखि प्रतियोगिता संञ्चालन हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्