स्थानिय तह भए सँगै नागरीकता वितरण रोकियो



रविन भट्टराई,ताप्लेजुङ

स्थानीय निकायलाई स्थानीय तहमा रुपान्तरण गरे सँगै जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले प्रदान गर्दै आएको नागरीकताको प्रमाणपत्र बितरण प्रभावित बनेको छ ।

नागरीकता प्रदानका लागि सिफारिस गर्ने स्थानिय निकाय स्थानिय तहमा परीणत भएको कारण लेटर प्याड, छापा र कार्यालय व्यवस्थापनमा लाग्दा नागरीकता वितरण प्रभावित भएको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी नरबहादुर खड्काले बताउनुभयो ।

नागरीकताका लागि गाउँ गाउँ बाट सदरमुकाम आएका स्थानिय नागरीक सोमबार सिफारीस बिना प्रशासन कार्यालयबाट काम नहुँदा मर्कामा परेका छन् । प्रमुख जिल्ला अधिकारी खड्काले स्थानिय तहको व्यवस्थापन भए पछि मात्र प्रशासनबाठ नागरीकता वितरणको काम पनि सुरु हुने बताउनुभयो ।

यता पहिलेका गाविस गाउँपालीका र नगरपालीकामा परीणत हुँदा नागरीकता प्रिन्ट गर्ने सफ्टवेरको व्यवस्थापनमा पनि गृहमन्त्रालय लागेकाले सोमबार र मंगलबारमा सो व्यवस्थापन भए संभवत बुधबार बाट नागरीकता प्रदान गर्न सकिने प्रशासन कार्यालयले जनाएको छ ।

ताप्लेजुङमा एक नगरपालिका र आठ वटा गाउँपालिका कायम गरीएको छ । राजपत्रमा सूचना जारी गरेकै दिन शुक्रबार जिल्ला विकास समितिमा बैठक बसि नगरपालिका र गाउँपालिकामा पठाउने प्रमुखहरुको नाम तय गरी सोमबार बाट कर्मचारीलाई काममा पठाईएको जिल्ला समन्वय समितिको कार्यालय ताप्लेजुङका प्रमुख नरहरी भण्डारीले बताउनुभयो ।

छोरीको नागरीकता बनाउन खोक्लिङ गाविसबाट जिल्ला प्रशासन पुगेका स्थानिय, नागरीकता नबने पछि प्रमुख जिल्ला अधिकारी सँग जिज्ञासा राख्दै ।
तस्विर , रविन भट्टराई,ताप्लेजुङ

प्रतिक्रिया दिनुहोस्