मन्त्रीपरिषद्मा राज्यमन्त्रीहरुको हेरफेर



काठमाडौं, नेस।
मन्त्री परिषदमा राज्यमन्त्रीहरुको हेरफेर भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राज्य मन्त्रीहरुको हेरफेर गर्नुभएको हो ।
राज्य मन्त्री इन्द्रबहादुर बानियाँ र विना विभागीय राज्य मन्त्री श्रीप्रसाद जबेगु अरु मन्त्रालयका लागि हेरफेर भएका हुन् ।

राज्यमन्त्री बानियाँ संस्कृति, पर्यटन तथा नागरिक उड्ययन राज्य मन्त्रीबाट गृह राज्य मन्त्री हुनुभएको छ भने पूर्वस्थानीय विकास राज्यमन्त्री श्रीप्रसाद जबेगुले पशुपंक्षी विकास मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ ।

त्यस्तै,पर्यटन मन्त्री रहेका कांग्रेस नेता जीवनबहादुर शाहीलाई हाल खानेपानी तथा सरसफाइ मन्त्रीको जिम्मेवारी दिइएको छ।

प्रतिक्रिया दिनुहोस्