माध्यमिक शिक्षा परिक्षामा रसुवाका ९ सय ३५ परिक्षार्थी सहभागि हुने



रसुवा (नेस)

रसुवामा यो वर्षकोे माध्यमिक शिक्षा परिक्षामा नौ सय ३५ परिक्षार्थी सहभागि हुने भएका छन् ।

जिल्ला शिक्षा कार्यालय रसुवाका अनुसार परिक्षामा जिल्लाका २१ वटा सामुदायिक तथा चार वटा नीजि विद्यालयका नौ सय ३५ जना परिक्षार्थी सहभागि हुन लागेका हुन् । यस वर्ष परिक्षामा सहभागि हुनेमध्ये एक सय ७९ आशिंक तथा सात सय ५६ जना नियमित तर्फबाट सहभागि हुने सहायक जिल्ला शिक्षा अधिकारी भास्कर गौतमले वताउनुभयो ।

गत वर्ष १२ सय ९१ जनाले परिक्षा दिएकोमा ग्रेडिङ प्रणालीका कारण आंशिक परिक्षार्थी घटेकाले यस वर्षको परिक्षा दिने परिक्षार्थी पनि घटेका हुन । परिक्षाका लागि पाँच वटा परिक्षा केन्द्र कायम गरिएको छ ।

चैत्र ३ गतेदेखि १४ गतेसम्म सञ्चालन हुने परिक्षाको सम्पुर्ण तयारी पुरा भएको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्