केन्याले नेपाललाई दियो १५६ रनको लक्ष्य



काठमाडौं, नेस ।
नेपालले केन्यासंगको खेलमा १५६ रनको लक्ष्य पाएको छ। काठमाडौंको किर्तिपुरस्थित खेल मैदानमा भएको केन्यासंगको खेलमा उक्त लक्ष्य पाएको हो ।

आइसीसी विश्व क्रिकेट लिग डब्लुसिएल च्याम्पियनसिप अन्तर्गत केन्यासंगको यो दोस्रो खेल हो । टस जितेर बलिङमा उत्रेको नेपालले केन्या ४६ ओभरमा अलआउट भएसंगै पहिलो इनिङको खेल सकिएको छ ।

प्रतिक्रिया दिनुहोस्