भूकम्पपछि मानसिक सन्तुलन गुमाएकी बालिकालाई यातना



सीताराम अधिकारी, सल्यानटार
बाल मस्तिष्कमाले भूकम्पको भयावह चोट बिर्सन नसक्दा एक बालिका डेढ वर्षदेखि बाँधिएर बस्नुपरेको छ। उत्तरी धादिङको सल्यानटार गाविस–७ बोक्सो गाउँकी ६ वर्षीया वन्दना कुमालको मानसिक अवस्था ठीक नभएको भन्दै उनका अभिभावकले बाँधेर राखेका हुन्।

०७२ वैशाख १२ को भूकम्पले विक्षिप्त अवस्थामा पुगेकी बालिकाको मानसिक रूपमा बिरामी परेको उनको हजुरआमा धनकुमारीको भनाइ छ। भूकम्पअघि उनी विद्यालय जाने र पढेको कुरासमेत घरमा समेत आएर भन्ने, गृहकार्य गर्ने गर्न थालेकी बालिको अवस्था अहिले नाजुक छ। एकोहोरो टोलाउने, आफ्नै सुरमा बोल्ने, भोक तिर्खा लागेको केही नभन्ने र जता जे पायो त्यही खाने तथा घरबाट निस्केपछि फर्केर समेत नआउने भएपछि बालिकाको सुरक्षाका लागि बाँधेर राखिएको उनीहरूको भनाइ छ। वन्दनाको अवस्था बिग्रिएपछि उनीहरूले विभिन्न अस्पताल लगेर उपचार गराइसकेको र मन्दिरमा समेत लगेर धेरै पूजाआजा गरिसकेको तर निको नभएपछि आफूहरू समस्यामा परेको वन्दनाको आमा कमलाले भावुक हुँदै भन्नुभयो।

उपचारमा लाँदा लागेको ऋण धेरै भएको र आफ्नो पारिवारिक स्थितिले नसक्ने अवस्था आएको परिवारको भनाइ छ। भूकम्पमा घाइतेहरूको सरकारले सित्तैमा उपचार गर्छ रे भन्ने सुनेको कुमाल परिवार वन्दनाको पनि भूकम्पले यस्तो भएकाले सरकारले उपचारको व्यवस्था मिलाइदिए हुन्थ्यो। धनकुमारीले सरकारसँग माग पुर्याइदिन आग्रह गर्नुभयो।

प्रतिक्रिया दिनुहोस्