दुम्जामा निःशुल्क आँखा शिविर



नेपाल समाचारपत्र
भक्तपुर
बासुदेवप्रसाद जोशी स्मृति प्रतिष्ठानले सिन्धुली जिल्ला कुशेश्वर गाविस दुम्जामा निःशुल्क आँखा शिविर सम्पन्न गरेको छ।

बासुदेवप्रसाद जोशी स्मृति प्रतिष्ठान र खुड्किलो नेपालको संयुक्त आयोजनामा भएको उक्त निःशुल्क आँखा शिविरमा सिन्धुली, कुशेश्वर, दुम्जालगायत विकट भेगका गाउँहरूबाट आएका बालबालिका, महिला पुरुष गरी ३ सय ७८ जनाको निःशुल्क आँखा परीक्षण गराएका थिए।

समाजसेवी दीपिका मानन्धरले औषधि उपलब्ध गराएको उक्त शिविरमा २ सय ७८ जनालाई निःशुल्क औषधि वितरण गरिएको थियो।

बीपी कोइराला लायन्स नेत्र अध्ययन केन्द्र महाराजगन्ज काठमाडौंको ७ जना प्राविधिकहरूको सहयोगमा महिला पुरुष गरी १२ जना र बालबालिका २ जनालाई मोतिया विन्दुको अपरेसन गरिएको थियो भने २ जना बालिकाहरूलाई विशेष उपचारका लागि काठमाडौंमा ल्याइ उपचार गर्ने प्रतिष्ठानका अध्यक्ष लक्ष्मण शरण जोशीले सञ्चारकर्मीलाई बताउनुभयो।

कृष्णप्रसाद कोइरालाको संयोजकत्वमा भएको समापन कार्यक्रमका, समाजसेवी आनन्द भण्डारीले यस्तो विकट गाउँमा आई निःशुल्क आँखा शिविर सञ्चालन गरेकोमा खुसी व्यक्त गर्नुभयो।

कुशेश्वर विद्यापीठ उच्च मावि दुम्जाले बासुदेवप्रसाद जोशी स्मृति प्रतिष्ठानका अध्यक्ष लक्ष्मणशरण जोशी र खुड्किलो नेपाल भक्तपुरका अध्यक्ष दिनेशकुमार नयाँजुलाई सम्मान गर्नुका साथै सहभागी संस्था र सहयोगीहरूलाई प्रशंसापत्र प्रदान गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्