शान्ति र एकता, होलीको सुभकामना



काठमाडौँ, २९ फागुन । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पहाड र तराईमा मनाइने खेलिने होली पर्वले शान्ति, एकता, पारस्परिक विश्वास, उच्चतम सामाजिक–नैतिक मूल्यमान्यता र समृृद्धिको बाटातर्फ लैजान हामी सबैलाई प्रेरित गरोस् भन्ने कामना गर्नुभएको छ ।

मुलुकको धार्मिक एवम् सांस्कृतिक पर्व होली अन्यायमाथि न्यायको विजयको शाश्वत सन्देश प्रवाह गर्ने उत्सव हो भन्दै उहाँले आज जारी गर्नुभएको शुभकामना सन्देशमा सम्पूर्ण नेपालीप्रति सामाजिक सद्भाव, आपसी सहयोग र पारस्परिक एकताको कामना गर्नुभएको छ । रासस

प्रतिक्रिया दिनुहोस्