कसरी खेल्ने होली ?



 

‘दुषित पानी र रङ प्रयोग नगरौँ ’

शशिकला ढकाल, शिक्षीका
फागु पुर्णिमा एक रमाइलो चाड हो । यो परम्परादेखि नै चलि आएको पर्व हो । यो चाड हामी बाल्यकालमै छँदा निकै नै रमाइलो गरी मनाउने गथ्र्यौँ । वरिपरिका राथीहरुसँग मेलापातमै गएर रङ प्रयोग गरेर एकआपसमा होली मनाँउथ्यौँ । समय पनि त्यतै परेकाले होला त्यतिखेर ज्यादै रमाइलो लाग्थ्यो । तर अहिले आइर होलीमा एक किकिसिमको विकृति देखापरेकाले त्यती रमाउन मन लाग्दैन । अहिले घरका सबै परिवार मिलेर एक आपसमा रङ लगाउने गर्छौँ । विभिन्न किसिमका रङहरु प्रयोग गर्ने, दुषित पानी र लोलाको प्रयोग गर्ने जस्ता नराम्रा काम नगरी आफ्ना नानीबाबुलाई१०/१५ मिनेट मात्र होली खेल्न दिन्छु । होलीका रङ र दुषित पानीले मानव शरीरका विभिन्न अंगहरुमा असर पुर्याउन सक्ने भएकाले र खासमा घरको छतमा होली खेल्दा लडेर चोटपटक लाग्ने हुनाले म अहिले साना बाबुनानीहरुलाई रमाइलोका लागि एकछिन खेल तर होलीमा विकृति नल्याउ भन्न चाहान्छु ।

‘होलीमा रमाइलो गरिन्छ ’

दिक्षा लामा, विद्यार्थी
मलाई होली निकै नै मन पर्छ । हामी होली मनाउने भनेर एक वर्ष कुर्छौ । होलीको दिनमा साथीहरुसँग घुम्न जाने रमाईलो गर्ने जस्ता कामहरुले मेरो मन निकै नै रमाउने गर्छ । विशेष गरेर होली गराईका जिल्लाहरुमा मनाउने गरिन्छ । तराईका जिल्लाहरुमा मनाउने भए पनि किन किन होली भनेपछी यतै काठमाडौँमा भए पनि मेरो मनै मान्दैन । मेरा साथीहरु प्नि रंगिला छन् । सबैको मन मिलेपछी त्यै त हो नी रमाइलो हुन्छ । होली भनेपछि घरबाट पनि आमाबाबाले नाइ भन्नुहुन्न । त्यसैले मलाई होली धैरेै नै मन पर्छ ।

‘जथाभावी रङ लगाउनेलाई कारवाही गर्नुपर्छ’

रवि शंकर गुप्ता, व्यापारी
म दिनभरि पसलमा नै हुन्छु । हालसालै मैले ५० भन्दा बढी होलीका टिसर्टहरु बेचिसकेको छु । मैले यो वर्षमा मात्रै नभएर पहिलाका सालहरुमा पनि थुप्रै टिसर्टहरु बेचिसकेको छु । दैनिक ग्राहकहरुले होलीको बारेमा कुराकानी गर्दा मेरो मन निकै नै रमणिय बन्ने गर्छ । मेरो हिसाबमा होली रङहरुको पर्व हो र हामी सबैले रङहरु एक अर्कालाई छ्यापेर मनाउने गर्छौ । तर जथाभावी रङ छ्याप्ने र लोला हान्ने काम मलाई मन पर्दैन । कसैलाई रङग्ले गर्दा एलर्जी हुने गर्दछ र मन नपर्ने मान्छेलाई आपसी समझदारी नभई रङ लगाउनेलाई कडा भन्दा कडा कार्वाही हुनुपर्छ भन्ने मेरो धारण छ ।

‘होलीमा साथीहरुसँगै हुन्छु’

सुरेश शर्मा, विद्यार्थी
म विद्यार्थी हुँ र मेरा थुप्रै साथीहरु छन । होलीको दिनमा म प्राय साथीहरु सँगै हुने गर्दछु । एक ले अर्कालाइ रङ छ्याप्ने र घुम्न जाने जस्ता कृयाकलापले मेरो मन निकै नै प्रफुल्ल हुने गर्दछ । मैले मेरो बाल्यकाल सुन्नसरी जिल्लामा बिताएको हुँ । यो तराइमा पर्ने हुनाले त्यता हामीले हप्ता दिन सम्म नै होली खेलेर बिताउने गथ्र्यौ । होलीमा उता मन्दीरमा पुजा पनि गर्ने गरिन्थ्यो तर यता काठमाडौँमा त एक दिन मात्र मनाइन्छ । त्यति भएपनि रमाइलो नै हुन्छ ।

‘जिस्क्याउने र जथाभावी लोला हान्ने काम पन पर्दैन’
पुण्यप्रसाद खनाल, विद्यार्थी
मलाई होली साधारण तरिकाले खेल्न मन पर्छ । जथाभावी रङ लगाउने र बाटोमा हिँडेका मान्छेहरुलाई लोला हान्ने र जिस्काउने काम मलाई पटक्कै मन पर्दैन । यस्ता कामहरु गर्नाले महिलाहरु असुरक्षीत हुने हुनाले होलीको दिनमा बाटो बाटो सुरक्षाकार्मीहरु भेटिने पनि गर्छन । यदि कसैलाई पनि नराम्रो नहुने तवरले होली खेल्ने हो भने सुरक्षा बलको कुनै आवास्यकता पर्दैैनथ्यो होला । होली र रङको पर्व हो र यसलाई सबैले रङनै लगाउनुपर्छ भन्ने मेरो बुझाइ रहेको छ ।

‘पहिला रमाइलो हुन्थ्यो, अहिले छैन’

सन्तोष रिमाल, शिक्षक
मेरो हिसाबमा होली तब थियो जब बाल्यकालमा आमाको पटुकाबाट पैसा झिकेर दौडिदै पसलमा गइन्थ्यो र रङ किनेर ल्याइन्थ्यो अनि साथीहरुसँग होली खेलीन्थ्यो । त्यतीबेला हृदयबाट खेलीन्थ्यो । त्यसैले पनि होला त्यो बेलामा म ज्यादै खुसी हुने गर्थे । अहिले त साथीहरुको करकापमा खेलिन्छ । केहि रौनक छैन ।

‘रङ मन पर्दैन तर मस्ति गरिन्छ’

विजय श्रेष्ठ, पेन्टर
होली सबैले मनाउँछन् र मैलै पनि होली मनाउँने गर्छु । होली भनेपछि मेरो घरमा सबैको मन रमाउँने गर्छ तर मलाई भने खासै मन जादैँन । हुन त म पेन्टर भएर पनि होला । सधैँ घरका भित्तामा रङ दल्ने कामले मलाई रङ भनेपछी टाउको दुखेर आउँछ । तर होलीमा रङ नै नलगाए पनि साथीहरु सँग घुम्न जाने र मस्ती गर्नलाइ चाहीँ कहिल्यै छाडिएन ।

 

 

‘डान्सबार गएर नाच्ने योजना बनाएकी छु’

सज्जा मैनाली, विद्ययार्थी
म होलीमा विषेश गरेर साथीहरु सँग मनाउने गर्छु वाल्यकालमा त होली आउनु एक साता अगाडीबाट न खेल्ने गरिन्थ्यो । तर अहिले भने होलीको मुख्य दिन मात्रै होली खेल्ने गरिन्छ । म सानै देखिनै होली खैल्दै आएकी छु र अहिलेका यसपाली पनि मैलै साथीहरुसँग डान्स बार गएर नाच्ने योजना बनाएका छौँ । म प्राय साथीहरु सँगै होली खेल्ने गर्छु ।

(मनोज रेग्मी सँगको कुराकानीमा आधारित)

प्रतिक्रिया दिनुहोस्