चिसोले रसुवाको जनजीवन प्रभावित



नेपाल समाचारपत्र
रसुवा
बिहीबार रातिदेखि अविरल वर्षासँगै परेको हिमपातका कारण चिसो बढेपछि रसुवाको जनजीवन प्रभावित भएको छ। शुक्रबार बिहानैदेखि जिल्लाको उत्तरी क्षेत्रमा हिउँ परिरहेको छ। चिसोका कारण मानिसहरू घरबाहिर निस्कन सकेका छैनन्। विशेष गरी जिल्लाको उत्तरी क्षेत्रमा रहेका थुमन, वृद्धिम, लाङटाङ, हाकु, धुन्चे, स्याफ्रुलगायतको क्षेत्रमा परेको हिमपातका कारण मानिसहरू घरबाहिर निस्कन नसकेका हुन्। थुमनका शिक्षक हरिशरण लामिछानेका अनुसार थुमनमा चिसोका कारण घरभित्र नै आगो तापेर बसिरहेका छन्।

भूकम्पपछि टहरामा बस्दै आएका महिला, बालबालिका तथा वृद्धवृद्धा बढी मर्कामा परेका छन्। रसुवामा अहिले पानीसँगै हिमपात हुनुका साथै बाक्लो हुस्सु लागेको छ।

प्रतिक्रिया दिनुहोस्