वाग्मती सफाइ अभियानमा प्रधानमन्त्री सरिक



काठमाडौँ, (नेस)
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वाग्मती सफाइ महाअभियानले गति लिएजस्तै निर्वाचनमार्फत् राजनीतिक फोहर पनि सफाइ गरिनुपर्ने बताउनुभएको छ।

वाग्मती सफाइ महाअभियानको २ सयौं हप्ताका अवसरमा शनिबार शंखमूलमा आयोजित मूल समारोहलाई सम्बोधन गर्दै उहाँले सभ्यता र संस्कृति संरक्षण गर्न मानव सागर उर्लेको बताउनुभयो। सबै गाउँपालिका र नगरपालिकामा सफाइ अभियान सञ्चालन गरिने उहाँको भनाइ थियो। मुख्यसचिव डा. सोमलाल सुवेदीले १० बुँदे सफाइ घोषणापत्र जारी गर्नुहुँदै विद्यालयलगायत सार्वजनिक स्थलमा साप्ताहिक रूपमा सफा गरिने बताउनुभयो।

वाग्मती सफाइ अभियन्ता डा. राजु अधिकारीले सफाइका लागि मन, संस्कार र प्रवृत्तिमा परिवर्तन गरिनुपर्ने बताउनुभयो।

गायिका आनी छोइङ डोल्माले सफाइमा सबै समुदायको सहभागिता हुनुपर्नेमा जोड दिनुभयो।

प्रतिक्रिया दिनुहोस्