कंगना खानहरुसँग काम नगर्ने



सधैं कुनै न कुनै विवादमा आइरहने बलिउड नायिका कंगना रनावतले हालै मात्र एक विवादास्पद अभिव्यक्ति दिएकी छिन्। जसको कारण उनी फेरि चर्चामा छिन्। भारतीय सञ्चार माध्यमका अनुसार उनले केही दिनअघि कफी विथ करणमा गएर दिएको अभिव्यक्तिअनुसार अब उप्रान्त उनी बलिउडका कुनै पनि खानसँग काम गर्ने छैनन्। उनले बलिउडका फिल्म इन्डस्ट्रिजको तीन खान सलमान, शाहरुख र अमिर खानसँग काम गर्ने छैनन्। उनले यी तीनै खानसँग उनको भूमिका र तालमेल बराबरी भए पनि काम नगर्ने बताएकी हुन्।

कंगनाको यो अभिव्यक्तिले तीन खानहरुका लागि कुनै रकेटको भोल्टेजभन्दा कम काम नगरेको समाचारमा जनाइएको छ। बलिउडका यी ३ हिरोसँग काम गर्न अरू नायिकाले मरिहत्ते गरे पनि यी नायिका भने यी तीन हिरोलाई आफ्नो बराबरीको पनि नमानेको समाचारमा उल्लेख छ। हालै उनले एक भारतीय टेलिभिजन शोमार्फत यो कुरालाई फेरि जोड दिएकी हुन्। उनले भनेकी छिन्– ‘म कसरी सलमान खानको प्रशंसा गर्छु र? अब दुवैको बाटो फरक भइसक्यो।’

उनलाई सोधिएको थियो कि आउने दिनमा तपाईंले बलिउडका ठूला मानिने खानहरुसँग काम गर्न चाहनुभयो भने के होला?’ यसको जवाफमा उनले भनेकी थिइन्– ‘म जहाँ उभिएको छु, यो मैले आफ्नो मेहनतले हासिल गरेकी हुँ। उनीहरुसँग काम गर्दा म एक कदम अघि बढ्न सक्छु। यो सबै मैले आफ्नो लोकप्रियता र आफ्नै दमको कारण हासिल गरेकी हुँ। म केवल आफ्नो क्षमताको विकासका कारण काम गर्न चाहन्छु। यसबाट नै म आफ्ना लागि बढी एक्सपेक्टेसन गर्न सक्छु। बाँकी रह्यो खानका फिल्मको कुरा। उनीहरुको फिल्म खेल्दा हिरो को हुन्छ? अनि म उनीहरुको पछि लागेर म आफ्नो ब्रान्ड कसरी बनाउन सक्छु? यो सब वाहियात लाग्छ।’

जब पत्रकारले उनलाई भने– ‘तपाईंको यो कुराले सारा खानहरु तपाईंसँग रिसाउने छन्।’ उत्तरमा उनले भनिन्– ‘होइन, त्यस्तो होइन, आमिरले मसँग उनको फिल्मका लागि केही छलफल गरेका थिए। यसको मतलब यो होइन कि म मानिस नजिक हुँदा कुरा बदल्छु। मेरो नजर हरेक समय एउटै हुन्छ। क्वीनको रिलिज हुने समयसम्म म अमिरसँग काम गर्नका लागि निकै उत्साहित थिएँ, अब छैन। यो मेरो प्रोफेसनल रणनीति हो जुन मैले अपनाउँदै आएको छु। म शाहरुख सरको फ्यान हुँ तर अब हामी सँगै काम गर्दैनौं।’

प्रतिक्रिया दिनुहोस्