उताका मुनी,यताका ढोंगी



सधैं नेपाल मामिलामा हस्तक्षेपकारी भनाइ राख्दै आएका भारतीय प्राध्यापक एसडी मुनीले समेत कञ्चनपुरमा भएको घटनालाई एसएसबीबाट भएको ब्लन्डर भनेर ट्वीट गरेको देखियो। उनले भारतले सकेसम्म चाँडो माफी माग्नुपर्छ र क्षतिपूर्ति दिनुपर्छ समेत भने। जुन व्यहोरो तल्ल उल्लेखि गरिएको छ ः

SUKH DEO MUNI‏ @SDMUNI 9h9 hours ago

SSB has blundered in firing and killing a Nepali citizen over a land dispute issue. India must move fast to apologise and compensate.

तर, नेपाल सरकार र सम्बद्ध निकायहरूले निकै ढीलोसम्म ठसठसी कनेर छिमेकी रिसाउने हो कि भनेर डराएको देख्दा धरहरा वरपर आउनेसमेत चकित खाएका छन्। बिहीबार दिउँसोको सो घटनाका बारेमा त नेपालका प्रधानमन्त्रीले लगत्तै भारतका समकक्षीलाई फोन गरेर भन्न सक्थे। तर, बोलेनन्। परराष्ट्रले पनि निकै ढिलो मात्रै कुरा गर्यो।

वक्तव्य जारी गर्यो। यस्ता कुरामा पनि नबोले कस्तोमा हाम्रो सरकार बोल्ला ? यो त भारतीय अधिकारीहरूले नै नधकाइ बोल्ने कुरा हो। गलत कामलाई गलत भनेर उनीहरूले नै भनिहाल्छन्। भारतीय नेताहरू पनि त्यति नबुझ्ने पक्कै छैनन् होला। त्यहाँका थिंक ट्यांक भनेर चिनिने मुनी नै बोलीसके। हाम्रा ढोंगी भने थुरथुरी काँपेका छन्। धरहराले पनि कुरा नबुझेर हैरान छ। के पो गर्ने होला पाठकवृन्द

प्रतिक्रिया दिनुहोस्