कर्ण टोलीमा, नवयुग बाहिरिए



नेपाल समाचारपत्र
काठमाडौं

आगामी एसियाली फुटबल महासंघअन्तर्गत एएफसी एसियन कप २०१९ छनोटको लागि नेपाली राष्ट्रिय फुटबल टोलीमा २७ खेलाडीको सूची सार्वजनिक गरिएको छ।नेपालले एएफसी एसियन कप छनोटअन्तर्गत पहिलो लेगको खेल मनिलामा फिलिपिन्सविरुद्ध मार्च २८ मा खेल्नेछ।

नेपालका प्रशिक्षक ग्योटोकु कोजीले ३६ खेलाडीबाट ९ खेलाडी घटाएर उक्त संख्याको टोलीलाई बन्द प्रशिक्षणमा समेत सहभागिता गराउनेछन्। उक्त टोलीमा फरवार्ड नवयुग श्रेष्ठ घुँडाको चोटका कारण पर्न सकेनन् भने झापाका कर्ण लिम्बू भने यसपटक सूचीमा अटाएका छन्।

यसै गरी नयाँ खेलाडीहरू विश्व अधिकारी, बिमल पाण्डे, युवराज खड्का र रविशंकर पासवान पनि टोलीमा पर्न सकेनन्। जबकी बिमल वस्नेतलाई टोलीमा राखिएको छ। सोमबारदेखि हुने क्याम्पमा हेमन्त थापामगर, सुनील बल, दिपक गुरुङ र दिनेश राजवंशी पनि सहभागी हुने छैनन्।

प्रतिक्रिया दिनुहोस्