ग्यासको मूल्य बढ्यो



काठमाडौं, (नेस)

नेपाल आयल निगमले शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी खाना पकाउने एलपी ग्यासको मूल्य बढाएको छ। भारतमा ग्यासको मूल्य उच्चरूपमा बढेको भन्दै निगमले ग्यासको मूल्यमा प्रतिसिलिन्डर २५ रुपियाँले बढाएको हो।

अब सर्वसाधारणले एक सिलिन्डर ग्यासको मूल्य १३ सय ७५ रुपियाँ तिर्नुपर्ने छ। यसअघि प्रतिसिलिन्डर ग्यासको १३ सय ५० रुपियाँमा कारोबार भइरहेको थियो। ग्यासमा लगातार घाटा बढिरहेकाले ग्यासको मूल्यमा वृद्धि गरेको निगमले जनाएको छ।

निगमका अनुसार अहिले उसलाई प्रतिसिलिन्डर ३ सय १३ रुपियाँ ५१ पैसा घाटा छ। बढेकै मूल्यमा ग्यास बेच्दा पनि निगमलाई प्रतिसिलिन्डर २ सय ८८ रुपियाँ ५१ पैसा घाटा हुनेछ।

प्रतिक्रिया दिनुहोस्