बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या २६ पुग्यो



जाजरकोट,२७ फागुन । जाजरकोट खलङ्गाबाट साल्मा–५ खाराको लागि जाँदै गरेको ना ३ ख २२७९ नम्बरको यात्रुबाहक बस दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या २६ पुगेको छ ।

यहाँको भेरी मालिका नगरपालिका–४ बोहरागाउँ सिमी चौतारा नजिकैको मोडमा चार सय मिटर तल खसी दुर्घटना भएको प्रहरी नायब उपरीक्षक भावेश रिमालले जानकारी दिनुभयो । उद्धारमा नेपाली सेना र सशस्त्र प्रहरी, वाइसिएल टोली घटनास्थलमा खटी घाइतेको उद्धार गरिएको थियो ।

उक्त बसमा सवार रहेका ६२ जना यात्रुमध्ये घटनास्थलमा नौजना, उपचारको क्रममा जाजरकोट अस्पतालमा ल्याइएका घाइतेमध्ये १६ जना र मिसन हस्पिटल चौरजहारी रुकुममा एकजना गरी २६ जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

अन्य घाइतेहरुमध्ये जिल्ला अस्पताल जाजरकोटमा ६ जना र मिसन हस्पिटल रुकुम चौरजहारीमा आठजनाको उपचार भइरहेको, चौरजहारीबाट १७ जना घाइतेलाई थप उपचारका लागि हेलिकप्टरमा बिहीबार राति ११ बजे नेपालगन्ज लगिएको थियो ।

चालक टोपबहादुर चन्दसहित पाँचजना घाइतेलाई गाडीद्वारा नेपालगन्जतर्फ उपचारका लागि पठाइएको थियो । मृतकमध्ये २३ जनाको सनाखत भएको छ । तीनजनाको सनाखत हुन बाँकी रहेको प्रहरीले बताएको छ ।

तेइस लाशको सनाखत

लासको सनाखत हुनेमा ३१ वर्षीय लहँ–४ का रामबहादुर बस्नेत, साल्मा– ५ का ५० वर्षीय नन्दलाल जैसी, सिमा–९ का २१ वर्षीय मदन पुन,भेरीमालिका नगरपालिका–१० का १३ वर्षीय सन्तोष राना, भेरीमालिका नगरपालिका–११ का २७ वर्षीय गोपाल सुनार, भेरीमालिका नगरपालिका ११ का २८ वर्षीय शर्मिला सुनार, भेरीमालिका–४ का २५ वर्षीय गणेश बोहरा, भेरीमालिका –४ का २१ वर्षीय नवीन चन्द रहेका छन् ।

त्यस्तै भेरीमालिका नगरपालिका–३ की २६ वर्षीय शान्ता सुनार, दशेरा– १ का २८ वर्षीय दिलबहादुर बुढा, रुकुम चौरजहारी– ४ का ५८ वर्षीय कृष्ण गिरी, दशेरा– २ का २९ वर्षीय मनिराम जैसी, सोही गाविसका १२ का ५४ वर्षीय बहादुर भनारी, मजकोट– ७ का दले तिरुवा, भेरीमालिका नगरपालिका १३ कै ४२ वर्षीय हिउसरा गिरी, सुइकोट सल्यानका उदय बुढा, भेरीमालिका नगपालिका– ११ का गोप्ली सुनार, पजारु– ८ का ४८ वर्षीय नैन दमाई, भेरीमालिका नगरपालिका ८ चैते खत्री, जुगाथापाचौर– ५ का भरत विसी, गर्खाकोट– ४ का ५६ वर्षीय हरीबहादुर शाही र साल्मा– ५ का आइते कामी र जिते कामीको शव सनाखत भएको छ । अन्य तीनजना सनाखत हुन बाँकी रहेको प्रहरीले बताएको छ ।

नेपालगन्ज १६ जनालाई घाइतेको उपचार जारी

रुकुमको चौजहारीवाट नाइटभिजन हेलिकप्टरमार्फत बिहीबार राति ११ बजे नेपालगन्ज उपचारका लागि १६ जना बिरामी लगिएको थियो । नेपालगन्जमा उपचार भइरहेका घाइतेहरुमा भेरीमालिका नपा–११ का ३२ वर्षीय लक्ष्मी हमाल, भेरीमालिका नगरपालिका–१३ का चार वर्षीय प्रताप गिरी, भेरीमालिका नपा–११ का ६ वर्षीय पुनम सुनार, ५५ वर्षीय टीकाराम रावत, सिमा– ४ का २६ वर्षीय मानबहादुर थापा, भेरीमालिका–११ का पाँच वर्षीय दिनेश विक, भेरीमालिका नगरपालिका– १३ का २१ वर्षीय सुजन गिरी, भेरीमालिका–९ का ३५ वर्षीय दिल भन्ने निलबहादुर राना, ३० वर्षीय शन्तोष मल्ल, मजकोट–७ का ४० तुले तिरुवा, दशेरा–३ का ४५ वर्षीय वर्षीय सुरेन्द्र थापा, सुवानाउली–७ का ४५ वर्षीय जैसरा रावत, चौरजहारी–१ रुकुम– ४७ वर्षीय दत्तु गिरी, साल्मा–५ का ३३ वर्षीय बँुदे कामी, भेरीमालिका नगरपालिका– ३ का एक वर्षीय पृथ्वी सुनार रहेका छन् ।

त्यस्तै नाम नखुलेको नाबालक बच्चा अन्दाजी १० महिनाका, भेरीमालिका नगरपालिका– ११ का २३ वर्षीय रामबहादुर गन्धर्व रहेका छन् ।

उपचारका लागि नेपालगञ्ज लगिएका घाइते

नेपालगन्ज उपचार लागि लगिएका विरामीहरुमा सिमा–९ का २७ वर्षीय टेकेन्द्र पुन, सिमा–४ का ४३ वर्षीय चुकिलाल नेगी , भेरीमालिका–४ का टोप बहादुर चन्द (चालक), भेरीमालिका नगरपालिका –१० का २५ वर्षीय लक्ष्मण राना, सिमा–२ का २१ वर्षीय चन्द्र बहादुर घर्ती रहेका छन् ।

चौरजहारी मिसन हस्पिटलमा उपचार भइरहेका घाइते

रुकुमको चौरजहारीमा उपचार भईरहेका विरामीहरुमा कार्कीगाउ ७ का ३४ वर्षीय प्रसाद नेपाली, भेरीमालिका ११ का २४ वर्षीय हरिकला परियार , पजारु ८ का २४ वर्षीय डिला दमाई , भेरीकालिका नगरपालिका ११ का २० वर्षीय विमला परियार, भेरीमालिका नगरपालिका १३ का ३२ वर्षीय टेक बटाला, भेरीमालिका–८ का ५० वर्षीय तुले कठायत, मजकोट–७ का ५५ गोरी तिरुवा, सिमा–३ का ४७ वर्षीय कालो वादी भन्ने कर्ण वादी रहेका छन् ।

जाजरकोट अस्पतालमा उपचार गरिरहेका घाइते

भेरीमालिका नगरपालिका–१२ का २५ वर्षीय चन्द्रबहादुर भारती, दह–९ का ४२ वर्षीय गौरी शाही, भेरीमालिका नगरपालिका–११ का २१ वर्षीय नैनसरा बुढा, कार्कीगाउँ–३ का १९ वर्षीय बिनाकुमारी खत्री, भेरीमालिका नगरपालिका– ११ का २१ वर्षीय तुलवीर पुन, दह–९ का ३५ वर्षीय पानसरा शाही रहेका छन् ।

पूर्व गृहमन्त्री बस्नेतद्वारा दुःख व्यक्त

पूर्व गृहमन्त्री तथा जाजरकोट क्षेत्र नं–१ का सभासद शक्तिबहादुर बस्नेतले गएराति जाजरकोट अस्पतालमा पुगेर बिरामीसँग भेट गरी सम्पूर्ण उपचार र क्षतिपूर्तिको व्यवस्था गर्न आफू लागेको बताउनुुभयो ।

मृतकका परिवारलाई यो शोक, दुःखका घडीमा धैर्यधारणा गर्ने शक्ति मिलोस् भन्दै श्रद्धाञ्जलिसमेत व्यक्त गर्नुभएको छ । रासस

प्रतिक्रिया दिनुहोस्