जिल्ला पशु सेवा डोटीले बोयर जातका बोकालाई प्रबद्र्धन गर्ने



विमल विष्ट,डोटी
जिल्ला पशु सेवा कार्यालय डोटीले बाख्रामा कृतिम गर्भाधान सेवा मार्फत बोयर जातलाई प्रबद्र्धन गर्ने भएको छ । जिल्लामा अस्टे«लियन वोयर बोका, बाख्राको अत्यधिक माग बढ्न थाले पछि कार्यालयले सो सेवा शुरु गर्ने तयारी गरेको हो ।

जिल्ला पशु सेवा कार्यालय डोटीका बरिष्ठ पशु चिकित्सक डाक्टर पानसिंह ठगुन्नाले दिनु भएको जानकारी अनुसार पहिलो चरणमा जिल्ला पशु सेवा कार्यालय डोटी र दिपायल सेवा केन्द्रमा सो सेवा शुरु गरिने छ ।

हाल जिल्लामा ११ वटा अस्टे«लियन वोयर बोकाबाट जिल्लाका बिभिन्न स्थानमा बोयर जातका पाठापाठी उत्पादन गर्ने काम भईरहेकाले बढ्दो मागलाई आपूर्ति गर्न कृतिम गर्भाधान सेवा शुरु गर्ने अन्तिम तयारी भईरहेको जिल्ला पशु सेवा कार्यालय डोटीले जनाएको छ ।

पशु चिकित्सकका अनुसार कृतिम गर्भाधान सेवा मार्फत ५ महिनामा सय प्रतिशत शुद्ध वोयर जातका पाठापाठी उत्पादन हुने गर्दछन । स्थानीय जातका बोका बाख्राको तुलनामा बोयर जातमा १ सय किलो सम्म मासु बढ्ने बरिष्ठ पशु चिकित्सक डाक्टर पानसिंह ठगुन्नाले बताउनु भयो ।

जिल्ला पशु सेवा कार्यालय डोटीका अनुसार बाख्रामा कृतिम गर्भाधान सेवा सुदूरपश्चिममा संभवत डोटीमा पहिलो पटक हो ।

प्रतिक्रिया दिनुहोस्