निक्षेप र कर्जाको अवस्था



चालू आर्थिक वर्षको पहिलो छ महिनासम्म वाणिज्य बैंकहरूको कर्जा तथा निक्षेपबीचको भारित औसत ब्याजदर अन्तर ५ दशमलब ३३ प्रतिशत रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको पुसमा यस्तो ब्याजदर अन्तर ५ दशमलब ९७ प्रतिशत रहेको थियो ।

वाणिज्य बैंकहरूको औसत आधार ब्याजदर २०७२ पुसको ६ दशमलब ८२ प्रतिशतको तुलनामा २०७३ पुसमा ७ दशमलब १ प्रतिशत कायम छ । अन्तर–बैंक कारोबारतर्फ आर्थिक वर्ष २०७३⁄७४ को ६ महिनासम्ममा वाणिज्य बैंकहरूले ५९५ अर्ब ५९ करोड र अन्य वित्तीय संस्थाहरू (वाणिज्य बैंकहरूबीच बाहेक) ले १९७ अर्ब ९३ करोड रुपियाँको अन्तर–बैंक कारोबार गरेका छन् । अघिल्लो वर्षको सोही अवधिमा वाणिज्य बैंकहरू र अन्य वित्तीय संस्थाहरूले क्रमशः ४११ अर्ब र ३४ अर्ब ७५ करोड रुपियाँको यस्तो कारोबार गरेका थिए ।

यस्तै पुर्नकर्जा, उत्पादनशील कर्जा र विपन्न वर्ग कर्जा उत्पादनशील क्षेत्रतर्पm लगानी तथा निर्यात विस्तारमा समेत सहयोग पुर्याउने उद्देश्यले यस बैंकबाट सहुलियत दरमा प्रदान गरिने पुनर्कर्जाको उपयोग समीक्षा अवधिमा बढेको छ । समीक्षा अवधिमा साधारण पुर्नकर्जा ४ अर्ब ९० करोड र निर्यात कर्जा ३७ करोड गरी कुल ५ अर्ब २७ करोड रुपियाँ पुर्नकर्जा उपयोग भएको छ । अघिल्लो वर्षको सोही अवधिमा साधारणतर्फ १ अर्ब ७० करोड र निर्याततर्फ १६ करोड गरी जम्मा १ अर्ब ८६ करोड पुर्नकर्जा उपयोग भएको थियो ।

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुको निजी क्षेत्रतर्फ लगानीमा रही रहेको कर्जा १२ दशमलब ९ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ५ दशमलब ८ प्रतिशतले बढेको थियो । निजी क्षेत्रतर्पm प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको १४ दशमलब ८ प्रतिशत र विकास बैंकहरुको ६ दशमलब २ प्रतिशतले बढेको छ भने वित्त कम्पनीहरुको ५.२ प्रतिशतले घटेको छ । वार्षिक बिन्दुगत आधारमा २०७३ पुसमा बैंक तथा वित्तीय संस्थाहरूको निजी क्षेत्रतर्पm लगानीमा रहेको कर्जा ३२ प्रतिशतले बढेको छ ।
त्यस्तै कृषि क्षेत्रतर्फको कर्जा १३ दशमलब ६ प्रतिशत, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा १० दशमलब ५ प्रतिशत, निर्माण क्षेत्रतर्पmको कर्जा ११ दशमलब ७ प्रतिशत, थोक तथा खुद्रा व्यापारतर्फको कर्जा १० दशमलब ५ प्रतिशत, सेवा उद्योगतर्फको कर्जा ११ दशमलब ९ प्रतिशत र यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा २१ प्रतिशतले बढेको छ ।

पुससम्ममा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहिरहेको कर्जामध्ये ६० दशमलब ६ प्रतिशत कर्जा घरजग्गाको धितोमा र १४ दशमलब ३ प्रतिशत कर्जा चालू सम्पत्ति (कृषि तथा गैरकृषिजन्य वस्तुको धितोमा प्रवाह भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ५९ दशमलब ८ प्रतिशत र १२ दशमलब ५ प्रतिशत रहेको थियो ।

असार मसान्तको तुलनामा पुसमा बैंक तथा वित्तीय संस्थाहरूको कुल लगानीमा रहेको कर्जामध्ये ओभरड्राफ्ट, शेयर मार्जिन, घरजग्गा तथा हायर पर्चेजतर्फको कर्जा उल्लेख्य विस्तार भएको छ । पुसमा बैंक तथा वित्तीय संस्थाहरुको कुल लगानीमा रहेको कर्जामा घर जग्गा कर्जा (एक करोडसम्मको आवासीय घर कर्जासमेत) को अंश १५ दशमलब १ प्रतिशत रहेको छ ।

पुससम्ममा वाणिज्य बैंकहरूबाट साना तथा मझौला व्यवसायमा प्रवाहित कर्जा कुल कर्जाको २ दशमलब ७ प्रतिशत (४२ अर्ब ७३ करोड रुपियाँ ) छ । समीक्षा अवधिमा वाणिज्य बैंकहरूबाट प्रवाहित ट्रष्ट रिसिट (आयात) कर्जा ६ दशमलब ४ प्रतिशत (४ अर्ब ६२ करोड) ले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा १३ दशमलब ४ प्रतिशतले घटेको थियो । कुल आन्तरिक कर्जा समीक्षा अवधिमा कुल आन्तरिक कर्जा ६ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त कर्जा १ दशमलब १ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा पुस मसान्तमा यस्तो कर्जा २४ प्रतिशतले बढेको छ ।

प्रतिक्रिया दिनुहोस्