महिलालाई पनि पुरुष सरह सेवा सुविधाको माग



रविन भट्टराई,  ताप्लेजुङ ।
ताप्लेजुङका महिलाहरुले हरेक क्षेत्रमा महिला कामदारले पनि पुरुष सरह सेवा सुविधा पाउनुपर्ने माग गरेका छन् ।

एक सय सातौँ अन्तराष्ट्रिय महिला दिवसको अवसरमा सदरमुकाममा आयोजित कार्यक्रमका सहभागि महिलाहरुले सरकारी कामकाज बाहेक अन्य काममा महिला पुरुषमा विभेद भएकाले यसको अन्त्य गर्नु पर्ने बताएका हुन् ।

अधिकाँस निजि क्षेत्रमा सञ्चालीत उद्योग धन्दा, कलकारखाना, विकास निर्माण, लगायतका स्थानमा महिलाहरुले पनि पुरुष सरह काम गरे पनि पुरुषहरुलाई भन्दा कम ज्याला दिने, कार्य क्षेत्रमा विभेद गर्ने लगायतका समस्या अझै पनि कायमै रहेको उनिहरुको गुनासो रहेको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै महिला अधिकारकर्मि गीता लिङ्देनले महिलाको अधिकारका लागि धेरै संस्था खुले पनि महिलाले पाउने पारीश्रमीकका लागि वकालत गर्ने र कार्यन्योयनको चरणमा पु¥याउने कमै मात्र हुँदा समस्या जहाँको त्यहि रहेको बताउनुभयो ।

दिवसका अवसरमा आयोजित बतृत्वकला प्रतियोगिताका सहभागिहरुले पनि महिला र पुरुषमा हुने असमान ज्यालाको विषयलाई प्राथमिकता दिएका थिए ।

महिला अधिकारका विषयमा विभिन्न नारा लेखेको प्लेकाड सहितको ¥यालीले सदरमुकाम परीक्रमा गरी जिल्ला विकास समितिको प्राङ्गडमा भएको औपचारी कार्यक्रममा बतृत्वकला प्रतियोगिता, नृत्य, नाटक लगायतका प्रस्तुति समेत भएका थिए ।

प्रतिक्रिया दिनुहोस्