रीता वनमाला, भक्तपुर ।
पहिले खड्कुलो भन्ने बित्तिकै तामा वा चाँदीको ठूलो भाँडा भनेर चिनिन्थ्यो । तर अहिले खड्कुलो भन्दा माटोको ठूलो भाँडा भनेर पनि चिन्न सकिन्छ । समयसंगै प्रविधिमा आएको परिवर्तनले माटोको भाँडाको स्वरुपमा समेत परिवर्तन आएको छ । पहिले काठको चक्रबाट माटोको सामाग्री बनाइने गरिन्थ्यो ।

जुन निकै कठिन प्रविधिको रुपमा लिन सकिन्थ्यो । तर अहिले विद्युतीय चक्रको प्रयोगबाट माटोको सामाग्री बनाउने गरिन्छ । जसले काम गर्न सहजताको साथै विभिन्न आकृती तथा वस्तु झल्किने सामान समेत बनाउन सकिन्छ यस पेशामा वाल्यकाल देखि नै सलग्न रहि आउनु भएका वोलाछको ७२ वर्षिय गणेश प्रजापति भन्नुहुन्छ, “पहिले सियाँउ चाख (काठको चक्र )प्रयोग गरी माटो सामान बनाउने गर्थेँ । तर आजभोली बत्तिबाट चल्ने मेसिनको प्रयोग गरी सामान बनाउँछु ।” साथै उहाँले यसले पहिलेको तुलनामा काम गर्न छिटो र सहज भएको बताउनु भयो ।

आधुनिक प्रविधिको प्रयोग गरी बनाएको माटोको सामानमा कलात्मक, सृजनात्मक तथा आकर्षण पनि देख्न सकिन्छ । विष्णुप्रसाद प्रजापति भन्नुहुन्छ , “पहिले यस कामलाई समय बिताउनको लागी गर्ने गन्थ्र्याे । तर यस्तोे प्रविधिले यस पेशालाई व्यवसायिक बनाएको छ । ”साथै पहिले दिनको ५० वटा सामान बनाउन मुस्किल हुन्थ्यो । तर यस्तो प्रविधिको प्रयोगबाट दिनको दुइ सय भन्दा बढि सामान बनाउन सकिने उहाँले बताउनु भयो । उहाँले यस कामबाट घर खर्च टारी बार्षिक दुई देखि तीन लाखसम्म आम्दानी हुने बताउनु भयो ।

पुर्खोली पेशाको रुपमा लिन सकिने यस कार्यमा युवादेखि वृद्धासम्म आकर्षित रहेका छन् । भक्तपुरको बोलाछेँ, ठिमी, कमलविनायक, सुकुलढोका, ब्यासीमा बनाइने माटोको सामान देशदेखि विदेशसम्म बिक्री वितरण हने व्यापारी बताउँछन् । यस पेशामा सलग्न रहनुभएका राजेश प्रजापति भन्नुहुन्छ,“यहाँ बनेको माटोको सामान काठमाडांै, जिरी, पोखरा लगायत पर्यटकीय क्षेत्रमा बिक्री हुन्छ । साथै बिदेशमा जर्मन, जापान, लगायत विभिन्न देशमा बिक्री हुन्छ ।”भाँडा बनाउनको लागी आवश्यक माटो सिपाडोल, ठिमीबाट ल्याउने व्यवसायिक बताउछन् । विसलक्ष्मी प्रजापति भन्नुहुन्छ, “माटो प्रति ट्रक रुपियाँ तीन हजारदेखि छ हजारसम्म तिरेर ल्याउछौँ ।

प्रविधिले सहजता आएता पनि विभिन्न कारणले यस पेशामा समस्या भएको उनिहरुको गुनासो रहेको छ । यसमा सलग्न रहनु भएका दयाराम प्रजापति भन्नुहुन्छ, “माटो पाइने ठाउँमा ईटाभट्टा खोलेर, घर बनाएर, प्लटिङ गरेर उपयुक्त माटोको अभाव छ ।”साथै बनाएको सामानलाई सुकाउने ठाउँको अभाव रहेको उहाँले बताउनु भयो ।

LEAVE A REPLY