चेल्सीद्वारा वेस्टह्याम पराजित



लन्डन, (एजेन्सी)
इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत सोमबार राति भएको खेलमा चेल्सीले वेस्ट ह्याम युनाइटेडलाई पराजित गरेको छ।

वेस्टह्यामको मैदानमा भएको लन्डन डर्बीमा चेल्सी २–१ ले विजयी भएको हो। खेलमा चेल्सीले २५औं मिनेटमा इडेन हजार्डको गोलबाट अग्रता लिएको थियो। यस्तै ५०औं मिनेटमा डिएगो कोस्टाले गोल गर्दै चेल्सीको अग्रता दोब्बर पारे। खेलको अन्तिममा घरेलु टोली वेस्टह्यामका म्यानुअल लान्जिनीले गोल गरे पनि हारलाई भने टार्न पर्याप्त बनेन।

यो जितसँगै चेल्सीले अंक तालिकामा दोस्रो स्थानको टोटनह्यामसँगको दूरी १० अंक पुर्याएको छ। चेल्सीको २७ खेलबाट ६६ अंक भएको छ भने दोस्रो स्थानमा रहेको टोटनह्यामको ५६ अंक छ। वेस्टह्याम भने ३३ अंकका साथ ११औं स्थानमा रहेको छ।

प्रतिक्रिया दिनुहोस्