सप्तरीको स्थानीय प्रशासनले गर्यो अनिश्चितकालिन कर्फ्यु आदेश



सप्तरी, नेस ।
मधेसी मोर्चाले बन्दको कृयाकलापले उग्र रुप लिएपछि यहाँका प्रशासनले सदरमुकाम राजविजबिराजमा कर्फ्यु आदेश जारी गरेको छ ।

मधेसी मोर्चाका कायकर्ता र प्रहरीबीच सोमबार भएको झडपमा ३ जनाको म्यृत्यु भएको विषयलाई लिएर मोर्चाले आज र भोलि मधेस बन्दको घोषणा गरेको हो ।

स्थानीय प्रसाशनले अर्को आदेश नभएसम्मका लागि राजविराज र त्यस आसपासका आन्दोलन प्रभावित क्षेत्रमा कर्फ्यु लगाएको छ ।

आक्रोशित मोर्चाका कार्यकर्ताहरुले सरकारी कार्यालय तोडफोड र आगजानी तीव्र बनाएपछि परिस्थितिलाई नियन्त्रणमा लिन कर्फ्यु आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालय सप्तरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्