मानव अधिकार आयोगको क्षेत्रीय कार्यालयमा धर्ना



जनकपुर, नेस । यहाँ रहेको राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालय अगाडि स्थानीय युवाहरुले जनकपुरस्थित धर्ना दिएको छ ।

सोमबार सप्तरीको राजविराजमा भएको झडपमा तीन जनाको मृत्यु भएको घटनाबारे छानबिन गर्न माग गर्दै उनीहरुले मानवअधिकार कार्यालय अगाडि धर्ना दिएका हुन् ।

उनीहरुले सप्तरीका एसपी दिवस लोहनीलाई कारवाही गरिनुपर्ने माग राख्दै सरकार र मानव अधिकार आयोग विरुद्ध नाराबाजी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्