बिद्यालय सञ्चालनको लागि तीन दिनमै तीस लाख बढी सहयोग



रामधन राई,खोटाङ

खोटाङमा बिद्यालय सञ्चालनको लागि सहयोग जुटाउन आयोजना गरिएको श्रीमद् भागवत धान्याञ्चल सप्ताह महायज्ञको तेश्रो दिनमै ३० लाख बढि रकम संकलन भएको छ ।

बाली बिज्ञान बिषयमा कक्षा १२ सम्मको अध्यापन गराउने सम्बन्धन प्राप्त गरेका जिल्ला सदरमुकाम दिक्तेलस्थित पञ्च माबिले उक्त कक्षा सञ्चालनका लागि महायज्ञ आयोजना गरेको तेश्रो दिन नबित्दै ३० लाखभन्दा बढि रकम संकलन भएको प्रधानाध्यपक भवकृष्ण ढकालले बताउनुभयो ।

प्राबिधिक शिक्षा अन्तरगत बाली बिज्ञान बिषयको कक्षा सञ्चालनका लागि आवश्यक भौतिक व्यवस्थापन, ल्याव व्यवस्थापन, प्राक्टिकल गर्नका लागि आवश्यक जग्गा खरिदका लागि रकम जुटाउन महायज्ञ आयोजना गरिएको हो ।

फागुन २५ गते समापन हुने महायज्ञका क्रममा नगद ३० लाख तथा ५ लाख भन्दा बढि मूल्यको जग्गा प्राप्त भएको छ । महायज्ञमा १२ जनाले तुलादान तथा उत्तिकै मात्रामा धान्याञ्चलमा धान चढाउने काम भइरहेको अभिभाबक एबं पुर्व बिद्यार्थी गोपालचन्द्र आचार्यले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्