विद्युत् हुकिङ गर्दा करेन्ट लागेर मृत्यु



राजविराज, २३ फागुन । सप्तरीको खोजपुर गाविस–७ मा विद्युत् हुकिङ गर्ने क्रममा करेन्ट लागेर गएराति एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सप्तरीको बनरझुला गाविस–३ बस्ने ४५ वर्षीय मोहमद जियाउल मिया रहेको इलाका प्रहरी कार्यालय कल्याणपुरले जनाएको छ ।

खोजपुर–७ मा रहेको उनको आफ्नै आँपको बगैँचामा ११ हजार भोल्ट भएको विद्युत्मा हुकिङ गरी बिजुली तान्ने क्रममा करेन्ट लागेको थियो ।

सो क्रममा गम्भीर घाइते भएका उनको राजविराजथस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्