छुट्टी…..



संसद् बैठकको हिजोआज कुनै चालचुल छैन। त्यहाँ त मुलुकका गहन विषयमा छलफल हुनुपर्ने हो तर त्यहाँ लामो समयदेखि सांसद महोदयहरुलाई छुट्टी छ। उनीहरुलाई पनि के मतलब तलब आइहाल्छ। संसद् खुलाइँदैन भने किन टेन्सन लिइरहनु ? सभामुखका पति बिरामी भएर अहिले बैंकक जानुभएको छ।

सभामुखलाई अप्ठेरो पर्दा संसद्मा पनि राष्ट्रिय सरोकारका मुद्दा कसरी उठाउने भन्ने अहिले एकथरीको चर्चा रहँदै आएको छ। यसबारेमा धरहरा पनि त्यति धेरै चित्त दुखाउन आवश्यक ठान्दैन। सभामुखलाई नै अप्ठेरो पर्नुभनेको देशकै अप्ठेरो हो नि। होइन त पाठकवृन्द ?

तर, धरहरा वरपरका केही व्यक्तिले भने सभामुखलाई अप्ठेरो परे पनि उपसभामुखले सभा चलाउन सक्ने अवस्था रहेको बताएका छन्। हुन पनि हो देशका जल्दाबल्दा समस्या त्यहाँ उठाउन पाइन्थ्यो। तर, किन सांसदलाई छुट्टी नै दिनुपरेको होला ? कुरा यो पनि नाजायज चाहिं होइन है। धरहराको कुरा कसैले सुनि पो हाल्छ कि ?

प्रतिक्रिया दिनुहोस्