बजाजको रात्रीकालिन सर्भिस सेन्टर



नेपाल समाचारपत्र
काठमाडौं
नेपालका लागि बजाजको आधिकारीक बिक्रेता हंसराज हुलासचन्द्र एन्ड कम्पनी प्रालिले बजाज सर्भिस सेन्टर गुसिङगाल, कुपन्डोलमा रात्रिकालीन मोटरसाइकल सर्भिस सेवाको शुरुआत गरेको छ। दिनभर अफिस, व्यापार व्यवसाय, सेवा आदिमा व्यस्त भई आफ्नो मोटरसाइकल सर्भिस गर्न समय नमिल्ने र दिनभरलाई सर्भिस सेन्टरमा राख्दा हरेक कुरामा प्रत्यक्ष प्रभाव पर्ने समस्यालाई मध्यनजर राख्दै अब रातीमा पनि सर्भिसिङ सेवा दिने उद्देश्यअनुरूप सेवा प्रारम्भ गरेको छ।

रातको समयमा सर्भिस सेवा प्रदान गर्नुको मूल उद्देश्य नै आफ्नो दैनिक क्रियाकलापमा कुनै प्रभाव नपारी समयको बचत गर्ने र सेवाग्राहीलाई बजाजप्रति विश्वास दिलाउनु रहेको कम्पनीले जनाएको छ। सेवा लिनको लागि आफ्नो मोटरसाइकल साँझ ५ बजेदेखि ७ बजेसम्म बजाजको गुसिङगाल, कुपन्डोलस्थित सर्भिस सेन्टरमा पुर्याउनुपर्ने हुन्छ। मोटरसाइकल लिन राती १० बजेसम्म अथवा भोलिपल्ट बिहान साढे ९ बजेदेखि रहेको कम्पनीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्