नेपाली टोलीमा सुनिल र दिपेन्द्र नयाँ अनुहार



नेपाल समाचारपत्र
काठमाडौं
यही फागुन २८ र ३० गते नेपालमै हुने विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत केन्याविरुद्धको खेलका लागि १४ सदस्यीय नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ। पारस खड्काको कप्तानीमा रहेको टोलीमा दुई नयाँ अनुहार समेटिएका छन्। जसमा सुनिल धमला र दिपेन्द्र सिंह ऐरीले राष्ट्रिय टिमबाट डेब्यु गर्न मौका पाएका छन्। टोलीमा उपकप्तान ज्ञानेन्द्र मल्लसँगै शरद भेषवाकर, शक्ति गौचन, बसन्त रेग्मी, सोमपाल कामी, सागर पुन, विनोद भण्डारी, करण केसी, सन्दिप लामिछाने, आरिफ शेख रहेका छन्।

त्यस्तै भारत भ्रमणमा दुई अभ्यास खेलमा विकेटविहीन भए पनि छनोटकर्ताले मेहबुब आलमलाई छनोट गरेको छ। तर आसिफ शेखको प्रदर्शन नराम्रो भएपछि टिमबाट बाहिरिएका छन्। टोलीमा राजेश पुलामी, अविनाश कर्ण, भुवन कार्की र दिलीप नाथलाई वैकल्पिक खेलाडीका रूपमा राखिएको छ।

प्रतिक्रिया दिनुहोस्