माई सपको महाराजगन्जमा शाखा



काठमाडौं, (नेस)
विगत ७० वर्षदेखि ड्राइक्लिनिङ उद्योगमा बर्चस्व कायम राख्दै आएको माई सप ड्राइक्लिनर्सले आफ्नो सातौं शाखा महाराजगन्जमा खोलेको छ। अत्याधुनिक मेसिनबाट जुनसुकै गार्मेन्ट्सहरु सफा गर्ने कम्पनीले वातावरणमैत्री केमिकल्सहरुमात्र प्रयोग गर्ने र सफाइमा कुनै कसरन छोड्ने बताएकोछ।

२०औं वर्षदेखि कार्यरत कर्मचारीहरुले ड्राइक्लिनिङ व्यवसायमा बिशेषज्ञता हासिल गरिसकेका छन्। तीन पुस्तादेखि निरन्तर चल्दै आएको यस कम्पनीलाई समाजमा घर गृहस्थी एवम् व्यावसायिक क्षेत्रका धेरैले रुचाउनेगरेको कम्पनीको भनाइ छ। सातौं शाखाको शुभारम्भको अवसरमा फागुन २७ तारिखसम्म ड्राइक्लिनिङमा छुटको व्यवस्था राखिएको कम्पनीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्