सामसङको ग्यालेक्सी सी ९ प्रो लन्च



काठमानडौं, (नेस)
सामसङ नेपालले नयाँ स्मार्टफोन ग्यालेक्सी सी ९ प्रो बजारमा ल्याएको छ। सबैभन्दा उत्कृष्ट कार्यक्षमता प्रस्तुत गर्न उक्त फोनमा ६ जीबी र्याम, १६ मेगापिक्सेल फ्रन्ट र ब्याक क्यामेरा तथा ६ इन्चको फुल एचडी एलईडी डिस्प्ले राखिएको छ।

त्यस्तै ग्यालेक्सी सी ९ प्रोमा फुल मेटल युनिबडी भएको यस फोनले आफ्नो स्मार्टफोनबाट धेरैको अपेक्षा राख्ने ग्राहकहरुका लागि थप आकर्षण पुर्याएको छ।‘फिचर पावरहाउस भन्ने संज्ञा दिइएको ग्यालेक्सी सी ९ प्रोले स्क्रिन, मेमोरी र क्यामेरा सम्बन्धी विभिन्न फिचरलाई एकै स्थानमा प्रस्तुत गरेको छ। यी टप–अफ–द–लाइन फिचरले ग्राहकलाई उत्कृष्ट मल्टी मिडिया र क्लियर पिक्चरको अनुभव पनि प्रदान गर्ने कम्पनीको भनाइ छ।

सामसङ नेपालका डेपुटी जेनरल म्यानेजर, मोबाइल बिजनेस, प्रणय स्थापितका अनुसार ग्यालेक्सी सी ९ प्रो आफ्नो ६ इन्च फुल एचडी एलईडी डिस्प्लका साथ मोबाइल प्रयोगकर्ताहरुलाई सर्वाेत्कृष्ट मल्टिमिडिया अनुभव प्रदान गर्न डिजाइन गरिएको छ। ६४ बिट ओक्टा कोर प्रोसेसर चार हजार एमएचपीए ब्याट्री पावर र६४ जीबी इनब्लयुट स्टोरेज २५६ जिबीसम्मसम्म बढाउन सकिने स्मार्टफोन ग्राहकलाई पावरहाउस पर्पmमेन्स् दिन तयार छ। यसको उपभोक्ता मूल्य ५९ हजार ९९० रुपियाँ रहेको कम्पनीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्