सप्तरीका वरिष्ठ पत्रकार शिवहरि प्रसाद भट्टराईलाई पितृशोक



फोटो क्याप्सनः वरिष्ठ पत्रकार शिवहरि प्रसाद भट्टराईका दिवङ्गत पिता मुक्तिनाथ भट्टराई ।

राजविराज, २२ फागुन । नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय उपाध्यक्ष समेत रहेका सप्तरीका वरिष्ठ पत्रकार शिवहरि प्रसाद भट्टराईलाई पितृशोक परेको छ ।

फोटो क्याप्सनः वरिष्ठ पत्रकार शिवहरि प्रसाद भट्टराईका दिवङ्गत पिता मुक्तिनाथ भट्टराई ।

राजविराज नगरपालिका वडा नम्वर–६ निवासी भट्टराईका पिता मुक्तिनाथ भट्टराई ‘मुक्ति बाजे’को ९२ वर्षको उमेरमा शनिवार राती करिब साढे एघार बजेको समयमे निधन भएको हो । गत शनिवार ब्लड प्रेसरको समस्याबाट ग्रसित भएका उनको घरमै चिकित्सकको रेखदेखमा उपचार हुँदैआएको थियो ।

मालपोत कार्यालयका पूर्व कर्मचारी समेत रहेका उनी घरमै अवकाश जिवन बिताउँदैआएका थिए । धार्मिक गतिविधिमा विशेष दखल भएका मृतक ‘मुक्ति बाजे’ जोखना(केही हराएको कुरा भन्ने) हेर्ने काम समेत गर्दैआएका थिए । जिल्लामै प्रसिद्धमै कमाएका उनको अन्तिम संस्कार हिन्दू परम्परा अनुसार सप्तकोशी व्यारेजमा आइतवारै गरिने छ ।

दिवङ्गत ‘मुक्ति बाजे’को पार्थिव शरिरमा जेठो छोरा वरिष्ठ पत्रकार शिवहरि प्रसाद भट्टराईले मुखाग्नि दिने पारिवारिक श्रोतले जनाएको छ । मृतक भट्टराईका पत्नी बालकुमारी, दुई छोरा शिवहरि र कृष्णहरि, छोरी इन्दिरा र बुहारी बिन्दु रहेको छ ।

प्रेस काउन्सिल नेपालक पूर्व सदस्य, सप्तरी शाखाक पूर्व सभापति समेत रहेका उनी राजविराजको सी–एफएमका प्रवन्ध निर्देशक, सूचना साप्ताहिकका सम्पादक, ईमेज टेलिभिजन र नेपाल समाचारपत्रका सप्तरी सम्वाददाताको रुपमा रहि विगत पाँच दशकदेखि सक्रिय रुपमा पत्रकारिता गर्दैआएका छन् ।

वरिष्ठ पत्रकार भट्टराई मधेश आन्दोलनमा पत्रकारिताको माध्यमले सक्रिय भूमिका निर्वाह गर्दैआएका छन् । यस अतिरिक्त उनी मैथिली साहित्य परिषद् राजविराजका आजिवन सदस्य समेत हुन् । उनी सी एफएममे सी एफएम विशेष आ’ ‘गामघरक आवाज’ रेडियो कार्यक्रम मैथिली भाषामा सञ्चालन गर्दैआएका छन् ।

प्रतिक्रिया दिनुहोस्