साताभर डेढ अर्बको कारोबार



काठमाडौं, (नेस)
उतार चढावपूर्ण रहेको शेयर बजारमा गए साता नेप्से परिसूचक १६ दशमलव ४ अंकले बढेर १३२९ दशमलव ४१ अंकमा पुगेको छ। यस साता नेपाल स्टक एक्सचेन्जमा १ सय ५० कम्पनीको १५ हजार ७ सय ३४ कारोबारबाट १ अर्ब ५३ करोड ३१ लाख ६४ हजार रुपियाँको ३३ लाख २० हजार ५ सय १० कित्ता शेयर खरिद बिक्री भएका छन्।

त्यस्तै यस साता कारोबार रकम २१ करोड ९ लाख ४० हजार रुपियाँ, कारोबार भएको शेयर संख्या ४ लाख ९ हजार कित्ता तथा कारोबार संख्या दुई हजार ३ सय ६० वटाका आधारमा पनि कुमारी बैंक लिमिटेड नै अग्रस्थानमा रहेको छ। ‘क वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा ३ दशमलव ७६ अङ्कले बढेर २८८ दशमलव ७८ अंकमा आइपुगेको साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि चार दिनमात्रै खुला रह्यो। यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रको कुनै पनि कारोबार भएन।

प्रतिक्रिया दिनुहोस्