जीवनको मज्जा



दैनिक जीवनमा उनलाई धेरैपल्ट भनिने नाता खुसी छ भने मान्छे खुसी हुन्छ। परिवार र कर्म खुसी छ भने भगवानको त्यही बास हुन्छ। कर्म निरन्तर गर्दा भगवान पछि लाग्छन्। मन्दिर जाँदा भगवानको आफूपछि लाग्नुपर्छ। उनी कर्मकै आधारमा भगवानको खोजी गरिरहेका छन्। संगै काम गर्ने शिवानी श्रेष्ठ भन्दै थिइन् ‘डक्टर साब साह्रै मज्जाको हुनुहुन्छ।’ सबैलाई मज्जा दिँदै आफ्नो जीवनलाई मज्जा बनाउनुमा जति जीवनको मज्जा के मा छ र ⁄ उनी पनि यस्तै जीवनको मज्जामा छन्।

हैन। भन्न खोजेको के हो भने जब उनी गम्भिर बिमारी परे तब उनले आफ्नो फेसबुकमा तीन मिनेट लामो भिडिओ अपलोड गरे। जसमा छ। मान्छे जीवनभर मेहनत गर्छ आफ्नै जिन्दगी जिउँदैन। परिवारका लागि। बुढेसकालका लागि भनेर सम्पत्ति जोगाउँछ। तर त्यो सम्पत्ति केही काम लाग्दैन। यसै बारेमा उनले एक कथा भनेका छन्।

एउटा मान्छे बिहानीपख सिरक खोल्दा यमराज आउछ र भन्छ म तिमीलाई लैजान आएको। जिन्दगीभर काम काम र पैसा पैसा भनेर धनी भएको त्यो मान्छेले यमराजसँग बार्गेनिङ गर्छ। म तिमीलाई करोडांै रुपियाँ दिन्छु एक दिन देऊ। यमराज मान्दैनन् हैन अब जानुपर्छ भन्छन्। फेरि मान्छेले भन्छन् अरब रुपियाँ दिन्छु दुई घन्टा देऊ। यमराजले फेरि पनि भन्छन् हैन अब जानुपर्छ। गिडगिडाउँदै मान्छेले भन्छन् सबै सम्पत्ति दिन्छु एक घन्टा देऊ। यमराजले मान्दै मान्दैनन्। तिमी जानुपर्छ मात्र भनिरहन्छन्। मान्छेले भन्छन् ल एक चिट्ठी लेख्छु त्यत्ति त समय देऊ। यमराज पनि केहीबेर भावुक भएर ल लेख भन्छन्। उनले चिठ्ठीमा लेख्छन्। हामी पैसा पैसा भनेर कुदिरहन्छौं। परिवार साथीभाइ भनेर समय दिदैनांै।

जब जाने बेला आउँछ एक मुठी सास पनि रुपियाँले किन्न सकिँदोरैनछ। के काम रहेछ पैसा। त्यसैले समय छँदै भविष्यको हैन अहिलेको जीवन मस्त जिऔं। जति पल्ट सुने पनि ज्ञान दिने यो कथन शक्ति कपुरले पनि सुनेका रहेछन्। उनी बिरामी परेपछि जीवन बारे सोचे होलान्। बिमारी पर्दा मान्छेलाई शरीरले रोग मात्र दिँदैन। सोच्ने समय पनि दिन्छ।

डक्टर धेरै मृत्युहरु हेर्ने पृथ्वीको एक जीव हो। डक्टरलाई जीवनको बारे झन बढी ज्ञान हुनुपर्ने हो। आफ्नो बारेमा उनले झन् बढी सोच्नुपर्ने हो। तर त्यस्तो हुँदैन। बिमारी र कामका बारेमा सोच्दासोच्दा डक्टरको आफ्नै समय बित्छ। अनि आफ्नै र परिवारको जीवनमा डक्टरले आफ्नो जीवन लगाउन पाउँदैन। बिहानीपख ओम अस्पतालमा भेटिएका केपी देवकोटासँगको कुराकानीमा निस्किएको निष्कर्ष हो यो। आजको दिनमा केपी बच्चाको राम्रो डक्टरमा मानिन्छन्। हुन त उनी डक्टर भएकै ३३ वर्ष भइसकेछ। गोरखाको आँप पिपलबाट निस्किएको जराले रसियाको सेन्ट पिटसवर्गमा पुगेर एमबीबीएस गर्यो।

एमडी पनि त्यही गरेपछि उनी नेपाल फर्के। २२ वर्ष त कान्ति अस्पतालमा मात्रै काम गरे। नेपाल मेडिकल कलेज हुँदै ओम र इशान बाल अस्पतालका संस्थापक शेयर धनी केपी अनुभवले खारिसकेका छन्। जीवन वर्तमानमै मस्त छ भन्ने उनलाई थाहा छ। भूत काल र भविष्यको चिन्ता गरेर वर्तमानमा पीडित हुन उनलाई मन छैन। त्यसैले बिस्मातमा हैन हर्षले जीवन चलाउन उनी कहिलेकाही ट्रेकिङ जाने गर्छन्। लमजुङमा शरीरलाई हिँडाएर खुट्टा दुखाउँदै फर्केका थिए उनी।

आफंैलाई दुखाएर सुखी बनाउनु पनि ब्यायामको कला हो। डक्टरले इन्जेक्सन लगाएर रोग ठीक पारेजस्तै। गोरखाको लुइटेल हाइ स्कुल पढेका र त्यहीबाट एसएलसी गरेका उनलाई सानैदेखि डक्टर बन्ने मन थियो। कारण उनका भाइ शिवहरिको सानोमा असाध्यै पेट दुख्ने रहेछ। भाइ पेट दुखेर रोएको देखेर केपीले अठोट गरे म डक्टर बन्छु। नौ वर्षमा दिमागमा हालेको बीउ २६ वटा वर्षमा रुख बन्यो। तीन बीस लाग्दा झांगिएर वृक्ष भयो। अहिले उनी ‘सिनियर कन्सल्टयान्ट पेडियाट्कि सर्जरी एन्ड पेडियाट्कि युरोलोजी’ बने। भाइ ठूलो भए। अहिले आईएनजीओमा काम गर्दै छन्। उनलाई भने त्यही सानो भाइको दुःखले कहिल्यै छाडेन। त्यसैले त उनी बच्चा हेर्ने डक्टर बने।

डक्टरको सुखदुःख बिमारीसँग हुन्छ। जटिल केस सफल हुँदा बिमारी खुसी हुन्छ। डक्टर पनि तीनै बिमारी र परिवारले खुसी भएको देखेर खुसी हुन्छ। फूललाई पानी र मल फूलका लागि प्रेरणा हो। डक्टरका लागि प्रेरणा बिमारी र उसका आफन्त हो। फूलमा पानी र मल हाल्दा फूल ढकमक्क भएर खुसी भएजस्तै डक्टर पनि बिमारी र उनका परिवारले वा डक्टर क्याबातभन्दा फुरुंग हुन्छन्। राजनीतिका कारण देशले दुःख पाएको सार्वजनिक अनुभव छ। उनी पनि यही देश भित्रैका न परे। उनलाई पनि राजनैतिक परिवर्तन हुने बित्तिकै भएको भद्रगोलले दुःखी बनाएको रहेछ। कान्ति अस्पतालमा सर्जरी गरिरहेका उनलाई एकैपल्ट झापा अस्पताल सरुवा गरेछन् २०४९ मा। सर्जरीको नाममा कैंचीबाहेक केही नभएको त्यो अस्पतालमा बस्दा उनलाई बहुत पीडा भएछ। बिमारी आउछन् अप्रेसन गर्न सक्दैनन्। सीप छ। औजार छैन। दुःख निको गर्ने क्षमता छ गर्ने सामान छैन। बिमारी–बिमारी नै बनेर फर्कदाको दुःख उनलाई अहिले सम्झदा पनि पीडादायी लाग्दोरहेछ।

समयले मान्छेलाई सबै कुरा सिकाउँछ। उनी पनि सिकिरहेका छन्। जीवनमा धेरै रिलेसनहरु आउछन् जान्छन्। एकै मान्छेको सैयौं सम्बन्ध हुन्छन्। केही सम्बन्धित नामहरु कहिल्यै हराउँदैनन्। जस्तो कि उनी अस्पतालका डक्टर भए। अर्पणाका पति। आश्रव र काव्याका पिता। यो नाता दैनिक जीवनमा धेरैपल्ट बोलिन्छन्। दैनिक जीवनमा उनलाई धेरैपल्ट भनिने नाता खुसी छन् भने मान्छे खुसी हुन्छ। परिवार र कर्म खुसी छ भने भगवानको त्यही बास हुन्छ। कर्म निरन्तर गर्दा भगवान पछि लाग्छन्। मन्दिर जाँदा भगवानको आफू पछि लाग्नुपर्छ। उनी कर्मकै आधारमा भगवानको खोजी गरिरहेका छन्। संगै काम गर्ने शिवानी श्रेष्ठ भन्दै थिइन्– ‘डक्टरसाब साह्रै मज्जाको हुनुहुन्छ।’ सबैलाई मज्जा दिँदै आफ्नो जीवनलाई मज्जा बनाउनुमा जति जीवनको मज्जा के मा छ र ⁄ उनी पनि यस्तै जीवनको मज्जामा छन्।

प्रतिक्रिया दिनुहोस्