१ हजार ६ सय २० सिलिण्डर नष्ट



नेपाल ग्यास उद्योग (नारायणी) प्रालिले आफ्ना गुणस्तरहीन ग्यास सिलिन्डर नष्ट गरेको छ। सिमरामा रहेको उद्योगले हेटौंडालगायत शहरमा रहेका गुणस्तरहीन सिलिन्डर नष्ट गरेको हो।

उपभोक्ता सुरक्षालाई दृष्टिगत गरी पुरानो तथा प्रयोग गर्न नमिल्ने सिलिन्डर छनोट गरी नष्ट गरिएको उद्योग प्रमुख जीवन छत्कुलीले बताउनुभयो।

यस क्रममा उद्योगले १ हजार ६ सय २० थान सिलिन्डर असुरक्षित महशुुस गरी नष्ट गरिएको उहाँले बताउनुभयो। उपभोक्ता सुरक्षा तथा ग्यास प्रयोगबाट सुरक्षित हुने गरी भविष्यमा सिलिन्डर छनोट गरी नष्ट गर्ने कार्यलाई निरन्तरता दिइने उहाँको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्