हुन्डाईका विजेता घोषित



काठमाडौं, (नेस)
हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले दशैं तिहारको उपलक्ष्यमा ल्याएको हुन्डाई फेसटिभ डिलाइट अफरको विजेताहरुको नाम घोषणा गरेको छ।

सो अफर अनुरूप हरेक नयाँ हुन्डाई गाडीको खरिदमा ग्राहकले ६ लाखसम्मको छुट र एक वर्षको निःशुल्क बीमाका साथै सय जना भाग्याशाली विजेताले एक÷एक तोला सुन र बम्परमा दुई जना भाग्याशाली विजेताले एक÷एक थान हुन्डाई इलाईट आई २० र हुन्डाई क्रेटा जित्ने अवसर पाएका थिए।

हुन्डाई फेसटिभ डिलाइट अफरको विजेताको घोषणा लक्की ड्रमार्फत् सार्वजनिक गरिएको थियो। सो कार्यक्रमको मुख्य अतिथि कनज्युमर आई नेपालकी अध्यक्ष बिमला खनाल र अस्मी श्रेष्ठ रहनु भएको थियो। हुन्डाई फेसटिभ डिलाइट अफर अनुरूप, सय जना विजेताको लक्की बिमला खनालले कनज्युमर आई नेपालको अनामनगरस्थित कार्यालयमा गर्नुभएको थियो।

सो अफरका विजेताहरुको नाम हुन्डाई नेपालको फेसबुक पेजमा समावेश गरिएको छ। हुन्डाई फेसटिभ डिलाइट अफर अन्तर्गत, कुपन नम्बर ११०१ कार क्रिएटिभ टच गार्मेन्ट इन्डस्ट्रिज, नयाँ बजार, काठमाडौं ले हुन्डाई इलाईट आई २० प्राप्त गर्नुभयो।

साथै हकुपन नम्बर १७६८ का नेत्र बहादुर खड्का, धरानले हुन्डाई क्रेटा प्राप्त गर्नुभएको कम्पनीले जनाएको छ। सो योजना भदौ १३ गतेदेखि कात्तिक २२ गतेसम्म सञ्चालन गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्