सडक खाना महोत्सवमा रमाए पर्यटक



कविराज नेपाल, पाल्पा

पर्यटक आर्कषण गर्न र पाल्पाको परिकारलाई चिनाउन पाल्पामा चांैथोपटक जिल्ला सदरमुकाम तानसेनस्थित मखन टोलमा शुक्रबार सडक खाना महोत्सव गरिएको छ। पोखरालगायत देशका विभिन्न भागमा पर्यटक आर्कषण र आय आर्जनका लागि सडकमै खाना बनाउने, खाने र रमाइलो गर्ने अनुभव गरेकाले पाल्पामा पनि यस्तै अनुभुति गर्न पाएका छन्। मखनटोल टोल विकास संस्थाले चांैथोपटक सडक खाना महोत्सवको आयोजना गरेको हो।

सडक खाना महोत्ववमा करिब आधा किलोमिटर सडकमा पाल्पामा बसोवास गर्ने हरेक जातजातीले सडकमै खाना पकाउने र खुवाउनेको भिडभाड भएको थियो। प्रवेश निःशुल्क गरिएकाले महोत्सवमा सहभागीले आफूले मन परेका परिकार रोजीरोजी खाएका थिए।
सडक खाना महोत्सवमा नेवारी, मगर, मुस्लिम, खानाका परिकार मा मानिसहरुले अत्यधिक भिड लागेको थियो। विभिन्न जातजातिको आफ्नै मौलिक खानाको पहिचान गराउन सडक खाना महोत्सवको आयोजना गरिएको हो। पाल्पामा रहेका मगर, नेवार, ब्राह्रमण, क्षेत्री र मुस्लिम समुदायले पनि आफ्नो खानाको प्रदर्शन गरी बिक्री वितरण गरेका थिए। महोत्सवमा जातजातिका पहिचान झल्काउने ४० प्रकारका खाना राखिएको थियो।

महोत्सवमा पाल्पाको प्रसिद्ध परिकार चुकौनी, बटुक, सेलरोटीका अलावा नेवारी संस्कृतिका छोयला, सेकुवा, भुटुवा आदी राखिएका थिए। यसबाहेक म.म, योमरी, बटुक, मुस्लिम समुदायको सेवैलगायतको स्वाद पर्यटकले मन पराएको बताएका छन्।
महोत्सवले सामाजिक एकता र एक अर्काका परिकारका बारेमा थाहा पाउन मद्दत पुगेको महोत्सवकी संयोजक रीता कक्षपतिले बताउनुभयो । खाना महोत्सवबाट तानसेका महिलाहरु निकै उत्साहित भएका छन्।

प्रतिक्रिया दिनुहोस्