भक्तपुरबाट १९ जना जुवाडे समात्यो



भक्तपुर, २० फागुन ।
भक्तपुरबाट प्रहरीले १९ जना जुवाडे समातेको छ । सुर्यबिनायक–११ पलासे स्थित ग्रिन भ्यु रेष्टुरेण्टमा जुवा तास खेलि रहेको अवस्थामा धनकुटा–१ घर भई हाल चावहिल बस्ने ४५ बर्षीया लक्ष्मी राई लगायत १९ जनालाई प्रहरीले बिहिबार समातेको हो ।
उनीहरुको साथबाट प्रहरीले नगद २ लाख ४७ हजार र कौडा १६ थान बरामद गरेको छ ।

प्रतिक्रिया दिनुहोस्