एनएमबि बैंकले सुडालमा शाखारहित बैंकिङ सेवा



नेपाल समाचारपत्र
काठमाडौं
एनएमबि बैंकले भक्तपुरको सुडालमा शाखारहित बैंकिङ सेवाको शुरूआत गरेको छ।

शाखारहित बैंकिङ सेवाको उद्घाटन तथा पीओटी मेसिन बैंकको स्थानीय प्रतिनिधि केशव न्यौपानेलाई हस्तान्तरण गर्नु हुँदै बैंकका प्रमुख कार्यकारी अधिकृत उपेन्द्र पौड्यालले शाखारहित बैंकिङ सेवाले स्थानीय समुदायको सरल बैंकिङ पहँुचमा टेवा पुग्नेमा आफू विश्वस्त रहेको बताउनुभयो।

एनएमबि बैंकको शाखारहित बैकिङ सेवा पीओटी मेसिनमा डेविट⁄क्रेडिट कार्ड वा औंठा छापको प्रयोग गरी सुरक्षित तरिकाले क्यास डिपोजिट तथा विथड्रल, युटिलिटी पेमेन्ट तथा ब्यालेन्स ट्रान्सफरलगायत सुविधा प्राप्त गर्ने सकिनेछ। नयाँ शाखारहित बैंकिङ सेवासँगै बैंकको कुल ७२ शाखा ५७ एटीएम र ७ एक्टेन्सन काउन्टर पुगेको छ।

प्रतिक्रिया दिनुहोस्