जेनिअम र न्यु भिजन विजेता



काठमाडौं, (नेस)
जेनिअम नेसनल एकेडेमी र न्यु भिजन एकेडेमीले प्रथम फिजम कप अन्तरविद्याल बास्केटबल प्रतियोगिताको उपाधि बिहीबार जितेका छन्। संस्थागत विद्यालय सञ्चालकहरुको मञ्च (फिजम) द्वारा आयोजित प्रतियोगिताको ब्वाइज फाइनलमा जेनिअमले हिमालय इंग्लिस बोर्डिङ स्कुललाई ५५–४० ले पराजित गर्यो। जेनिअमका सुजन कार्कीले सर्वाधिक २० अंक जोडे। कोटेश्वरस्थित घरेलु कोर्टमा भएको गल्र्सको फाइनलमा न्यु भिजनले गेट्वे एकेडेमीलाई २८–१६ ले हरायो। न्यु भिजनको जितमा लक्ष्मी श्रेष्ठले १३ अंक योगदान गरिन्।

ब्वाइजमा ग्रामर पब्लिक स्कुलले स्वर्णिम तारालाई ३७–२८ ले पाखा लगाउँदै तेस्रो भयो। ग्रामरका रमन नापितले १७ स्कोर गरे। गल्र्समा तेस्रो भएको लाइसियम प्याराडाइसले ग्रामरलाई १९–१४ ले पन्छायो। लाइसियमकी यशोदा खड्काले ५ अंक जोडिन्।

प्रतिक्रिया दिनुहोस्