मति कहिले सुध्रेला



स्ववियु चुनाव सकियो। निर्वाचन परिणाम पनि आउने क्रम जारी रहेको छ। चुनावमा कसले कति क्याम्पस जित्यो।

अहिले प्रतिस्प्रर्धा छ को अगाडि भनेर नेविसंघ भन्छ हामी सबैभन्दा अगाडि अनेरास्ववियु भन्छ हामी अगाडि एउटा सदस्य जितेको क्याम्पसमा समेत विजयी भएको घोषणा गर्ने विद्यार्थी संगठनको मति कहिले सुध्रेला भनेर धरहरा बसिरहेको छ।

हैन जे हो त्यही पो भन्नु नि हुने नहुने कुरा गरेर विद्यार्थीहरुले अहिले नै फटाइको राजनीति शुरु गरेपछि यो देश कहिले बन्ला खै। भोलिका नेता हुने पनि यिनीहरु नै हुन क्यार फटाह बोल्ने बानि अहिलेदेखि नै सिकेपछि के गर्लान् यिनले भन्ने चिन्ता धरहरालाई छ।

जे भए पनि एउटा चुनाव त भयो चुनावको खडेरी परेको देशमा यसरी चुनाव हुन थालेपछि भने जनतामा केही आशाचाहिं पलाएको छ है पाठकबृन्द।

प्रतिक्रिया दिनुहोस्