सिरियाली सेनाद्वारा पाल्माइरामाथि पुनः कब्जा गर्ने तयारी



दमास्कस, (एजेन्जी)
सिरियाको सरकारी सेना प्राचीन पाल्माइरालाई कट्टरपन्थी इस्लामिक स्टेटको कब्जाबाट मुक्त गर्न उक्त शहरतर्फ बढेको छ। सरकारी सञ्चारमाध्यम तथा सामाजिक कार्यकर्ताले सरकारी सेना शहरको पश्चिममा केही किलोमिटर दूरीमा पुगिसकेको जनाएका छन्।

गत डिसेम्बरमा जिहादी (आईएस लडाकू)ले युनेस्कोको सूचीमा रहेको उक्त पुरातात्त्विक स्थलमाथि पुनः कब्जा गरेका थिए र उक्त प्राचीन शहरको केही प्राग्ऐतिहासिक महत्त्वका हिस्सालाई विस्फोटक पदार्थ प्रयोग गरी नष्ट गरेका थिए।

सरकारी सुरक्षाबलले रुसी वायुसेनाको मद्दतले १ वर्ष पहिला नै पाल्माइराबाट इस्लामिक स्टेटका लडाकूलाई खेदेका थिए। बेलायतस्थित निगरानी समूह सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले उक्त इलाका इस्लामिक स्टेटले छोडिसेकेको तर आत्मघाती आक्रमणकारीहरु भने अझै पनि त्यहाँ हुनसक्ने बताएका थिए।
युनेस्कोले पाल्माइरामा रहेका प्राचीन भग्नावशेष सांस्कृतिक रुपमा अत्यन्त महत्त्व राख्ने तर इस्लामिक स्टेटका कारण त्यसमा धेरै क्षति पुगेको जनाएको थियो।

प्रतिक्रिया दिनुहोस्