उज्यालो उत्सव दृष्टीबिहीनको भविष्यका लागि



दृष्टीबिहीन बालबालिकाका लागि आवसिय भवन तथा विद्यालय निर्माणका खातिर भोलि शनिबार लायस क्लब अफ काठमाडौ टेम्पलले उज्यालो उत्सव नाम दिई सांगितीक तथा हास्यव्यग्यको भव्य कार्यक्रम आयोजना गर्दैछ। यस विषयमा २८ वर्षदेखि जापानमा बसेर व्यवसाय र समाज सेवा गर्दै आएका क्लबका अध्यक्ष अरुण कुमार श्रेष्ठसँग गरिएको कुराकानी यहाँ प्रस्तुत छः
उज्यालो उत्सव के को लागि ?

म सामाजिक सेवामा आवद्ध छु। यो काम पनि सामाजिक कार्यको लागि नै आयोजना गरीएको हो। सामाजिक सेवा भन्नाले धेरै किसिमको हुन्छ। तर सामाजिक सेवाअन्र्तगत पनि अलि फरक ढंगको काम गरौँ भन्ने उद्धेश्ले यो कार्यक्रम गर्न लागीएको हो।

यो कार्यक्रम गर्ने सोच कसरी आयो?

विगतम हामीले यो संस्थाबाट विभिन्न किसिमको सिविर संचालन गर्ने, ब्लड डोनेशन गर्ने, लत्ता कपडा बाड्ने, विद्यार्थीह्रूलाई कापी कलम बाड्नेजस्ता कामह्रू गर्यौँ। आँखा सिविर जुन बेला सञ्चालन गर्छौँ, त्यो बेला एक वा दुई दिनको कार्यक्रम बनाएर गरेका हुन्छौँ। शिवीर गरिएको दिन मात्र विरामीह्रूले सेवा लिन पाउँछन्। त्यो क्षणिक मात्र हुने गर्छ। अलि फरक ढंगले सोच्दा हामीले सामान्य समस्या भएको विरामीह्रूलाई त उपचार गरेर फर्काउँछौ। तर जुन बालबालिकाको नेत्रसम्बन्धि गम्भीर समस्या छ अथवा दुष्टि गुामएका छन र आर्थिक रुपमा पनि कमजोर छन्। उनीह्रूका लागि के गर्न सकिन्छ त भन्ने सोचर यस्ता अवस्थाका बालबालिकाको लागि आधारभुत आवश्यकताका वस्तु उपलब्ध गराउन, स्कुलिङ तथा आवास गृहको व्यवस्था गर्न‘पर्छ भन्ने सोच हो। उनीह्रूलाई पढाउन त पढाउँला तर भोली गएर रोजगारी पाएनन् भने त्यस्को कुनै पनि अर्थ रहँदैन। यो देशको नागरीक भएको हैसियतले देशको लागि केही गर्न सकुन् भन्ने उद्धेश्यले उनीह्रूको लागि टेनिङको पनि व्यवस्था हुनुपर्छ भनेर यी सबै व्यवस्था गर्न साँगामा मेरो नाममा रहेको ३ रोपनी जग्गा क्लबको नाममा दिएँ। त्यहीँ उनीह्रूको लागि आवास तथा विद्यालय निर्माण गर्नको लागि सहयोग जुटाउन यो कार्यक्रम गर्न लागीएको हो।

दृष्टिविहिन बालबालिकाको सहयोगको लागी मनोरञ्जनात्मक कार्यक्रम नै किन गर्न त?

विषेश गरी लायन्स क्लबजस्तो संस्थाले यस्ता किसिमको मनोरञ्जनात्मक कार्यक्रम एकदमै कम गरीरहेका हुन्छन्। बिगतमा लायन्स क्लबले विगतमा गरीरहेको भन्दा अलि फरक होस्, यो अभियानमा सहयोग गर्न चाहने हामीसँग सम्बद्ध संस्था तथा व्यक्तिह्रूको हातेमालो पनि होस्, केही दिएर केही लिन सकियोस् भनेर यसप्रकारको कार्यक्रम आयोजना गर्न लागेका हौँ।

कार्यक्रमबाट उठेको रकमको कति प्रतिशत भवन निर्माणका लागि खर्च गरीन्छ?

अरु संघ सस्थाले यस्तो च्यारिटी शो प्रोग्राम गर्दा कार्यक्रमबाट उठेको केही प्रतिशत रकम मात्र दिने गरेका छन्। हामीले हल तथा कार्यक्रमका लागि हुने खर्चबाहेक तयारीका लागि आवश्यक सम्पुर्ण खर्च व्यक्तिगतरुपमा म र सचिव सुदर्शन महर्जनले मिलेर खर्च गरीरहेका छौँ। त्यसैले कार्यक्रमबाट उठेको सबै रकम यहि प्रोजेक्टको लागि खर्च गर्नेछाँै।

जापान बसेर यस्तो कार्यक्रम गर्नका लागि समय कसरी मिलाउनुहुन्छ?

जापान बस्ने भनिए पनि ६ महिना जापान र ६ महिना अन्य विभिन्न देशमा यात्रा गरीरहेको हुन्छु। त्यो ६ महिनामा पनि म बढी जस्तो समय नेपालमै हुन्छु। त्यसैले म जापान भए पनि सामाजिक काम गर्न कुनै बाधा छैन। अर्कोतर्पm हाम्रो सचिव सुदर्शन महर्जनजीले सबै कुरा सम्हाल्नु हुन्छ।

उक्त भवनमा कति बालबालिका रहन्छन्?

लायन्स क्लब स्थापना भएको ठिक एक शताब्दी भएको समयमा नै निर्माण गर्न लागिएकाले शयभन्दा माथिको सङ्ख्याका दृष्टीबिहीन बालबालिकालाई

प्रतिक्रिया दिनुहोस्