डलर साट्ने बहानामा ठगी



काठमाडौं , (नेस)
डलर साट्ने बाहानामा गोरखा बारपाक–७ घर भई हाल काठमाडौं सामाखुसी बस्ने ६० बर्षीय जोक बहादुर घलेको साथबाट बुधबार १५ लाख रुपैयाँ ठगी भएको छ ।

कागेश्वरी मनहरा नगरपालिका–११ गोठाटार हाइटबाट २ जना मंगोलियन अनुहारका अंदाजी २५/२६ वर्षको जस्ता देखिने अपरिचित पुरूष व्यक्तिहरूले डलर साट्ने वहानमा जोक बहादुर घलेको साथमा रहेको उक्त नगद ठगी गरि फरार भएका थिए ।

फरार अभियुक्तहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्