कला एवं साहित्य फाँटका अग्रज व्यक्तित्व रामशेखर



कृष्ण प्रजापति

मुख हेर्दैमा एकजना कलाकार। बोल्ने शैली पनि कलाकार। निजी जीवनभन्दा पनि सामाजिक र विभिन्न किसिमको व्यावहारिक जीवनमा सदा आफूलाई समर्पण गरी संस्कृतिलाई ध्यान दिइरहनुहुने रामशेखर एकजना नेपालभाषाका प्रसिद्ध साहित्यकार व्यक्तित्व हुनुहुन्थ्यो। नेपालभाषा साहित्य र संस्कृतिको क्षेत्रमा अति अग्रज व्यक्तित्वको रुपमा चिनिनुहुन्थ्यो रामशेखर नकर्मी। ख्यालः विधाका महारथीहरू पद्मरत्न तुलाधर, श्रीकृष्ण अणु र रामशेखर नकर्मी तीन जनालाई तीन नक्षेत्रसमेत भन्ने गरिन्छ। त्यसो त रामशेखर प्रहसन लेखक मात्रै नभएर आफैं निर्देशक र कलाकार भएर पनि खेल्ने भएकाले जीवन्त अभिनय गरी देखाउने बखत उहाँ त्यत्तिकै उत्कृष्ट व्यक्तित्वको रुपमा देखा मर्नुहुन्छ।

यसरी नेवार जातिको इज्जत र भाषा साहित्य क्षेत्रको अत्यन्तै अग्रज व्यक्तित्व रामशेखर नकर्मीको जन्म आजभन्दा ७९ वर्षअगाडि भक्तपुर इनाचोको वाचु टोलमा भएको हो। वि.सं. १९९४ माघ महिनामा जन्मनुभएका उहाँ पहिला इनाचोका एक गुरुकहाँ गएर गुरुकुलमै शिक्षा प्रारम्भ गर्नुभएको थियो। त्यहाँ ओ, न, म, सि,…अ, आ, इ, ई,… क, ख, ग, घ, सहित बाह्रखरी सिकिसकेपछि मात्रै उहाँले बासुदेव माड्साबको घरमा गएर पढ्न थाल्नुभयो। पछि विद्यार्थी निकेतन माविको तर्फबाट एसएलसी परीक्षा उत्तीर्ण गर्नुभयो। त्यसपछि भने स्नातकसम्म प्राइभेट परीक्षा दिएर पास गर्नुभएको थियो। उहाँ एसएलसीपश्चात् नै केही समयको लागि पालुङ टिस्तुङमा गएर नेपाल टेलिकम (तत्कालीन दूरसञ्चार संस्थान) मा जागिरे हुनुभयो।

जागिर खाइरहेको बखत चित्लाङको घटनालाई लिएर वास्तविक जीवनसँग अत्यन्तै नजिक रहेको एउटा उपन्यास ुनसं फागु चा लेख्नुभयो। २०२६ सालमा प्रकाशित सो उपन्यासले श्रेष्ठ पुरस्कारसमेत जितेको थियो। आफू जागिरे भएर पनि उहाँलाई कला, साहित्य र नेवाः संस्कृतिको उत्थान एवं विकास गर्ने भूतले भने कहिल्यै छोडेन। बालक छँदा भक्तपुर नगरमा देखाउन ल्याउने विभिन्न प्रहसन, नाच, नाटकसहित व्यङ्ग्यबाट प्रभावित भई ख्यालः तथा नाटक लेख्ने, व्यङ्ग्य गर्ने र हास्यव्यङ्ग्य कार्यक्रमबाट टाढा बस्न नसक्ने व्यक्तिको रुपमा उहाँ स्थापित हुनुभयो। त्यसैले नै होला उहाँ नाटक र ख्यालः विधाका बेजोड व्यक्तित्वको रुपमा देखा पर्न थाल्नुभयो। मुनासः नामले काठमाडौंका युवाहरूले आयोजना गर्ने ख्यालः प्रतियोगितामा प्रत्येक वर्षजस्तो भाग लिएर उत्कृष्ट हुनुहुने उहाँ लेखक, नाटक र ख्यालःका निर्देशक र कलाकारको रुपमासमेत देखा पर्नुभयो।

पहिला त आफूलाई केटीहरूले हेर्ने भएकोले नै ख्यालः क्षेत्रमा पाइला अगाडि सारेको अनुभूति गर्नुहुने उहाँ पछि राजनीति पनि नराम्रोसँग बिग्रेको पाएपछि त्यसमा व्यङ्ग्य गर्न थाल्नुभयो। आफूलाई माया, मतिना र प्रेम वासनाभन्दा पनि अन्याय, अत्याचार र भ्रष्टाचारको विरुद्ध व्यङ्ग्य गर्ने बेला नै सन्तुष्टि मिल्ने बताउनुहुन्थ्यो राअशेखर। रामशेखर नकर्मीले पहिला भक्तपुरमा २०१० सालमा स्थापित नेपाल साहित्य मन्दिरमा संलग्न भएर विभिन्न खालका ख्यालः, व्यङ्ग्य गीत र नाटक सिकाउने काम गर्नुभयो। त्यसपछि कलाकारहरूको संस्थाको रुपमा स्थापित कला सदनसँग आबद्ध भएर पनि विभिन्न किसिमका ख्यालःहरू लेख्ने र सिकाउने कार्यमा संलग्न हुनुभयो। पछि आफ्नै नेतृत्वमा छेफ परिवार भनी नेपालभाषाको एक संस्था स्थापना गरी ु१२ बजे, ुन्हिसुतु जस्ता ख्यालःहरू देखाउने गर्नुभयो।

प्रज्ञा भवनमा मुनासःको तर्फबाट देखाइने ख्यालः २० मिनेटभन्दा बढी हुनुहुन्न भन्ने भए पनि एक घण्टासम्म देखाएर सफलता हासिल गर्नुभयो। यसरी लेखक, कलाकार र निर्देशकको रुपमा आफूलाई समर्पित रामशेखरको सहयोगले नै भक्तपुर नगरपालिकाले २०५१ सालतिर ुझोकमनिम्ह नामक टेलिफिल्म तयार गर्यो। जसलाई नेपाल टेलिभिजनले प्रसारण गरिएको थियो। ु१२ बजे ख्यालःलाई पनि टेलिफिल्म बनाएर तयार गरी देखाएको बखत थुप्रै दर्शकहरूले मन पराएका थिए। सिद्धिदास नामको नाटकमा आफैं सिद्धिदास भएर खेलेका उहाँले पछि साँच्चिकै सिद्धिदासको झैं जीवन बिताउनुपरेको दुखेसो पनि व्यक्त गर्नुभएको थियो।

ु१२ बजे मुनासःको तर्फबाट प्रज्ञा भवनमा आयोजना गरेको ख्यालः प्रतियोगितामा प्रथम भएको ख्यालःमध्ये एक हो। त्यसमा उहाँकै जोडी कृष्ण नापितले गरेको अभिनय देखेर हाँस्दाहाँस्दै आफूलाई नियन्त्रण गर्न नसकी त्यहीँ बेहोस भएका एक दर्शकको मृत्यु नै भएको थियो। भोलिपल्ट प्रहरी सो अभिनय गर्ने कलाकार कृष्ण नापितलाई खोज्न आएका थिए। सो समयमा कृष्ण नापित लामो समयसम्म गुप्तवास बस्नुपर्यो पनि भनिन्छ। यस हिसाबले मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यका समेत गुरुको रुपमा रामशेखर नकर्मीले काम गर्नुभएको देखिन्छ। मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई समेत भक्तपुरमा लगेर त्यहाँ हुने प्रहसन कार्यक्रम र हास्यव्यङ्ग्य समारोहमा संलग्न गराई उनीहरूलाई प्रशिक्षणसमेत दिनुहुने रामशेखर नकर्मीले नेपाली भाषाको सेलुलाइट फिल्म ुलोभी पापीमा पनि अभिनय गर्नुभयो। त्यसैगरी ु१५ गते टेलिफिल्ममा पनि महत्वपूर्ण भूमिका निभाउनुभयो। साथै नेपालभाषाको ुराजमति जस्ता विभिन्न अवार्ड जित्न सफल एक चर्चित फिल्ममा सहलेखक भएर पनि उहाँले नेपालभाषा फिल्म क्षेत्रको विकासको लागि योगदान गर्नुभएको छ।

रामशेखरको थुप्रै हास्य नाटक र ख्यालः त्यस बेला उत्कृष्ट हुन्छ, जब उहाँ आफैंले लेख्नुभएको नाटक वा ख्यालःलाई आफैंले निर्देशन गरेर आफैंले अभिनयसमेत गर्नुहुन्छ। नेपाल साहित्य मन्दिर, कला परिषद्, छेफः परिवार र सांस्कृतिक उत्थान समाज स्थापना गरी उहाँले भक्तपुरमा ख्यालः विधालाई अगाडि बढाउने कार्य गरिरहेको बखत उहाँलाई कृष्ण नापित, आशाकाजी थकु, काकाभाइ मानन्धरलगायत सँगै काम गर्नुहुने साथीहरूले पनि सहयोग गर्नुभएको छ। ुन्हिसुतू टेलिफिल्म बनाउन उहाँले सांस्कृतिक उत्थान समाज भक्तपुर नामक संस्था स्थापना गर्नुभयो। आफूले अभिनय गरेको ख्यालः सम्झेर केही दर्शकहरू घर पुगेपछि पनि हाँसेका थिए रे भनी सुनेको बखत आफू सफल भएको मान्नुहुने रामशेखर पछि जागिरसमेत छोडेर ख्यालः र नाटक लेख्ने, सिकाउने अनि अभिनय गर्ने कार्यमा अग्रसर हुनुभयो।

उहाँले प्रस्तुत गर्नुभएका ख्यालःहरूलाई संकलन गरी ुधिन्ताल्ल नामक एक पुस्तक पनि निकाल्नुभएको छ। त्यसमा प्रकाशित ु१२ बजे, ुअस्पतालया जा, खा हाल ख्यालःहरू उहाँलाई मन पर्ने ख्यालःहरू हुन्। ख्यालः विधा सँगसँगै उहाँ नेपालभाषामा कथा लेख्नेमा पनि अत्यन्तै माहिर व्यक्तित्व हुनुहुन्छ।
उहाँको ुसिमात फफस्व कथासंग्रहमा संग्रहित कथा ुसिमात फफस्व एक त्यस्तो कथा हो, जुन पढ्ने पाठकहरू पेट मिची–मिची हाँस्छन्। उहाँको ुनसं फागु चा उपन्यास जापानी भाषाबाट पनि अनुवाद भएर प्रकाशित भइसकेको छ। साथै पल्पसा साहित्य ख्यःको तर्फबाट निकालिएको कथा पुस्तकहरू नेपालभाषा स्नातक तहको लागि पनि सहायक कोर्सका रुपमा राखिएका छन्।

प्रतिक्रिया दिनुहोस्